वासिङटन-मंगल ग्रह र चन्द्रमाको वातावरणमा माटो तयार गरेर त्यसमा बाली उमार्ने सफलता पाएको दावी नासाका वैज्ञानिकहरुले गरेका छन् । यदी भविष्यमा रातो ग्रह (मंगल) तथा चन्द्रमामा मानव बस्ती बसाइने हो भने उनीहरुका लागि खाद्य पदार्थ उमार्न सकिने उनीहरुको भनाई छ ।
नेदरल्यान्डका भगेनिगेन युनिभर्सिटीका शोधकर्ताले मंगल ग्रह तथा चन्द्रमामा उमारिएको बालीको बीऊ पनि प्राप्त गर्न सकिने सम्भावना रहेको बताएका छन् । उनीहरुले गोलभेडा, मुला, पालुंगो तथा केराउ लगायका फरक फरक बाली पनि उमारेका छन् ।
शोधकर्ताले मंगल ग्रह तथा चन्द्रमाको भूमिको माथिल्लो आवरणमा पाइएको माटोमा सामान्य माटो मिलाएर कृत्रिम रुपमा यस किसिमको वातावरण विकसित गरेका थिए ।