एजेन्सी
मंगलबार, आश्विन २८, २०७६
986

चीनकोतर्फबाट नेपालमा अर्बौ रुपैयाँको लगानी गरिदै छ । साथसाथै चीनले कैयौ ठूला आयोजनाको व्यवस्थापन पनि गर्दै आएको छ यो अवस्था भारतका लागि चिन्ताको विषय हुन सक्छ । किनकी कैयौ आयोजनामा चीन–भारत आमने सामने पनि भएका छन् । साथै चीन–नेपालबीच सैन्य अभ्यास पनि भएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने भारत भ्रमण सकेर नेपालको भ्रमणमा आएका थिए । २३ वर्षपछि चीनको राष्ट्राध्यक्ष नेपाल आएको यो पहिलो अवसर हो । उक्त भ्रमणको समयमा चीनले नेपालमा ठूलो लगानी गर्ने घोषणा गरेको छ । यो मध्ये रसुवागढीदेखि नेपालको राजधानी काठमाडौंसम्म सडक आयोजना पनि परेको छ । यो विषयलाई लिएर चीन र नेपाला सरकारबीच समझादारीपत्रमा हस्ताक्षर समेत भएको छ ।

चीनकोतर्फबाट लगातार नेपालमा लगानी गर्ने प्रयास भइरहेको छ र चीन–नेपाल सडक मार्ग बनाउने गतीलाई बढाइएको छ । नेपाल–चीनबीचमा भएको सम्झौताका अनुसार रसुवागढीदेखि काठमाडौसम्म चीनले सडक बनाउने भएको छ । यसले दुई देशबीचको व्यापारलाई बढाउछ । किनकी रसुवागढी चीनको सीमानसम्म जोडिएको छ । यो सडकमा दुई सुरुङ पनि हुनेछ ।
चीनले यो सडक दुई भागमा बनाउने भारतीय अनलाईन अमर उजालाले जनाएको छ । पहिलो भाग टोखादेखि काठमाडौ र दोस्रो चीनको चीनको सीमानासम्म जोडिने छ ।