एजेन्सी
बिहिवार, आश्विन १६, २०७६
1022

वासिङटन-विश्व व्यापार संगठनमा जीतपछि अमेरिकाले युरोपेली संघका सामग्रीमा शुल्क लगाउने अमेरिकी व्यापार प्रतिनिधिका वरिष्ठ अधिकारीले बताएका छन् ।
अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले बुधबार आपूmले निशाना बनाउने सामग्रीको योजना सार्वजनिक गरेको छ । यसले ट्रम्प प्रशासनको विश्वव्यापी व्यापार लडाई चर्काउको छ । यो शुल्क अक्टोबरको १८ देखि सुरु हुनेछ । भन्सार शुल्क लगाउने सामग्रीमा फ्रान्स, जर्मनी, स्पेन तथा संयुक्त अधिराज्यका विमानमा १० प्रतिशतको रहेको छ ।

सिंगल माल्ट आइरिस र स्कच ह्विस्कीमा २५ प्रतिशत लाग्ने छ । यसैगरी संयुक्त अधिराज्यका विभिन्न तयारी पोशाक र ब्ल्याङकेट पनि रहेका छन् ।
अमेरिकाले लगाउने शुल्कमा जर्मनीबाट आउने कफी र केहि निश्चित किसिमका औजार र मेसिनरीमा २५ प्रतिशत रहेको छ ।
जर्मनी, स्पेन र संयुक्त अधिराज्यबाट आउने विभिन्न किसिमका चिज, जैतुनको तेल र फ्रोजन मासुमा २५ प्रतिशतको शुल्क लगाइने छ ।
यसैगरी विभिन्न मुलुकबाट आउने केही निश्चित प्रकारका सुगुरको मासु, बटर, दहीमा पनि २५ प्रतिशतको शुल्क लगाइने छ ।
सुरुमा डब्लूटीओले ट्रम्प प्रशासनलाई ७.५ अर्ब डलरका युरोपेली सामग्रीमा शुल्क लगाउने अधिकार दिएको थियो । अमेरिकाले सुरुमा २००४ मा संगठनमा उजुरी गरेको थियो ।
अमेरिकी अधिकारीले योजनामा परेका शुल्कमा ईयूले बदला लिन सक्ने कुनै आधार नभएको निश्कर्ष निकालेका छन् ।