एजेन्सी
बुधवार, आश्विन १५, २०७६
867

लस एन्जलसको अदालतले जोन्सन एन्ड जोन्सनलाई इडाहोकी महिलालाई ४ करोड ३ लाख डलर अर्थात ४ अर्ब ५२ करोड रुपैयाँ तिर्नका लागि आदेश दिएको छ । उक्त कम्पनीको पाउडरले क्यान्सर भएको भन्दै उनले अदालतमा मुद्धा दायर गरेकि थिइन् ।
७१ वर्षीय न्यान्सी काबिबीलाई क्यान्सर भएको पत्ता लागेको थियो । यो क्यान्सरले उनको फोक्सोमा २०१७ मा आक्रमण गरेको थियो । आपूmलाई यो रोग लागेपछि उनले शल्यक्रिया, केमोथेरापी, रेडिएसन र ईम्यूनो थेरापी गराएकि थिइन् ।

उनको रोग मेसोथेलिओमाको स्पष्ट कारण भने अभैm अस्पष्ट रहेको छ ।
जोन्सन एन्ड जोन्सको बेबी पाउडरले गर्भासयको क्यान्सर र मेसोथेलिओमा भएको भन्दै उक्त कम्पनी बिरुद्धमा १४ हजार भन्दा बढी मुद्धा दायर भएका छन् ।
मेसोथेलिमा एक दुर्लभ क्यान्सर हो । यसले वर्षमा ३ हजार मानिस प्रभावित हुदै आएका छन् । यो अमेरिकामा हुने गरेका सबै किसिमका क्यान्सरमा ०.३ प्रतिशत रहदै आएको छ ।
यो रोगको सुरुवाती लक्षण भनेको सुक्खा खोकी, स्वास्व हुनु हो । ट्यूमर विकास भएको र पैmलन थालेको २० देशि ५० वर्षको अवधिमा यो देखा पर्छ ।