एजेन्सी
बुधवार, आश्विन १५, २०७६
504

वासिङटन-क्यालिफोर्नियाकी सांसद कमला ह्यारिसले ट्वीटरसँग राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट बन्द गरिदिन आग्रह गरेकि छन् । सांसद तथा ह्विसलब्लोअर्समाथि हमला गरेपछि उनले कम्पनीलाई ट्रम्पको ट्वीटर एकाउन्ट बन्द गरिदिन आग्रह गरेकि हुन् । युक्रेनका राष्ट्रपति भ्लादिमरि जेलेन्सकीलाई जो बिडेन तथा उनका छोराको जाँच गराउन दबाब राख्ने मामिलाको गुनासो एक ह्विसलब्लोअर्सले गरेका थिए । यो विषयलाई लिएर अमेरिकी राजनीति एकाएक तातेको थियो । ह्यारिसले ट्रम्पको ट्वीटर एकाउन्ट निलम्बन गरियोस भन्ने माग राखेकि छन् । उनले भनिन्,“यो कुराको कैयौ प्रमाण छन् । ट्रम्प आफ्नो शब्दलाई लिएर धेरैनै गैर जिम्मेवार छन् । जसको नतिजा हानिकारक हुन सक्छ ।’’
“उनको आजको ट्वीटलाई हेर्ने हो भने उनले प्रत्यक्ष रुपमा ह्विसलब्लोअरलाई इंगित गर्दै लेखेका छन्,” उनले भनिन् । “मलाई स्पष्ट रुपमा लागेको छ कि यसको आधारमा तथा यो भन्दा पहिले उनले कांगेसका सदस्यलाई पनि हमला गरेका थिए । यसैलाई हेरेर उनको ट्वीटर एकाउन्ट बन्द गरियोस्,” उनको माग थियो । यद्यपि ट्वीटरले हालसम्म कमला ह्यारिसको मागलाई लिएर हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । तर ट्वीटर नीतिका अनुसार कुनै पनि विश्वव्यापी नेतालाई ट्वीटरको प्रयोग गर्नबाट रोक्न वा उनको विवादित ट्वीट हटाउनाले महत्वपूणै जानकारी लुक्न जान्छ । जसलाई मानिसले हेर्न चाहन्छन् र बहस गर्नु आवश्यक छ ।

ट्रम्पले आप्mना राजनीतिक बिरोधीमाथि हमला गर्नका लागि ट्वीटरको व्यापक प्रयोग गरेका छन् ।
ट्रम्पले जुलाई २५ मा आफ्ना निजी वकिल रुडी गिसलियानी तथा महान्याधिवक्ता जनवर विलियम बरसँग मिलेर युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्सकीलाई एक युक्रेनी ग्यास कम्पनीको जाँच गर्नका लागि दबाब दिएका थिए । यो कम्पनी पूर्व उपराष्ट्रपति जो बिडेनका छोरा हन्टरसँग सम्बन्धित हुन सक्छ । यो जानकारी ह्वाइट हाउसकोतर्फबाट गत साता जारी गरिएको कल डिटेलबाट उपलव्ध भएको थियो ।