एजेन्सी
मंगलबार, आश्विन १४, २०७६
766

वासिङन-अमेरिकाको वास्तविक ऋण ४०० ट्रिलियन (४००० खर्ब) डलर रहेको एक अध्ययनले देखाउको छ । यो उक्त मुलुकको कुल गाहर््स्थ्य उत्पादनको २० गुणा बढी हो । यसमा सरकारी, राज्य, स्थानीय, वित्तीय र तथाकथित शीर्षकका ऋणहरु समावेश छन् ।
वाल स्ट्रिटमा रहेको विश्वव्यापी सम्पत्ति व्यवस्थापन फर्म एबी बर्नस्टाइनले यो आंकडा सार्वजनिक गरेको हो । यसमा परम्परागत तहको सार्वजनिक ऋण जस्तै ऋणपत्र पनि रहेको छ । यसमा इनटाइटल कार्यक्रमको गरिएको प्रतिबद्धता पनि समावेश छ । यसमा सामाजिक सुरक्षा, मेडिकेयर र सार्वजनिक पेन्सन रहेका छन् ।

यो रिर्पोटमा एबी बर्नस्टाइनले केही संख्याको स्रोत प्रयोग गरेर जीडीपीसँग तुलना गरेको छ । यो विधि प्रयोग गरेर संघीय, राज्य र स्थानीय सरकारको संयुक्त ऋण जीडीपीको १०० प्रतिशत रहेको उल्लेख गरिएको छ । घरधुरी र फर्महरुको ऋण १५० प्रतिशत रहेको छ । यसैगरी वित्तीय संस्थाले लिएको ऋण ४५० प्रतिशत रहेको छ । अर्को २७ प्रतिशत सामाजिक बिमा कार्यक्रमका लागि बनाइएको ट्रष्टको रहेको छ । ४८४ प्रतिशत चालू सामजिक बिमा कार्यक्रमका लागि गरिएको प्रतिबद्धताको रहेको छ । ६३३ प्रतिशत सामाजिक कार्यक्रमका लागि गरिएको प्रतिबद्धाताको रहेको छ । यसरी कुल ऋणक १ हजार ८३२ प्रतिशत रहेको छ ।
“अमेरिकी ऋण विशाल छ । यो बढ्दो क्रममा रहेको छ । तर यदी हामी ऋणको समस्याको बारेमा सोच्न चाहन्छौ भने अवस्था अभैm भयावह छ,’’ एबी बर्नस्टाइनका प्रमुख अमेरिकी अर्थशास्त्री पिलिप कार्लसनले पतिवेदनमार्फत बताएका छन् ।