एजेन्सी
सोमवार, भदौ ३०, २०७६
411

वासिङटन-पिउ रिसर्च सेन्टरले जारी गरेको २०१८ को प्रतिवेदन अनुसार १९ प्रतिशत वयष्का अमेरिकीले आपूलाई माथिल्लो वर्गको परिवार सम्झने गरेको देखाएको छ । यो समूहको मध्यम आम्दानी २०१६ मा १ लाख ८७ हजार ८७२ डलर थियो ।
राष्ट्रिय मध्यमको दोब्बर भन्दा बढी वार्षिक आम्दानी भएको परिवारलालाई पिउले माथिल्लो वर्गको भएको मान्ने गष्रेको छ । तर यो पनि परिवारको सदस्य संख्याको आधारमा निर्धारण गरिएको छ । धेरै सदस्य भएको परिवारको तुलनामा थोरै आम्दानी भएको परिवारको आम्दानी थोरैनै भएपनि उनीहरुको जीवनस्तर उच्च हुने गर्छ ।

अमेरिकी घरधुरीको आधा वा ५२ प्रतिशतले आफुलाई मध्यम वर्गका ठान्ने गरेका छन् । २९ प्रतिशतले आफुलाई तल्ले वर्गको ठान्ने गरेका छन् । २०१६ मा मध्यम वर्गको आम्दानी ७८ हजार ४४२ डलर थियो । नयून वर्गको परिवारको आम्दानी २५ हजार ६२४ डलर थियो ।
माथिल्लो वर्गको परिवार हुनका लागि अमेरिकामा १ जना सदस्य भएको परिवारका लागि ७८ हजार २८१ डलरको आवश्यकता पर्छ । यसैगरी २ सदस्यका लागि १ लाख १० हजार ७०६ डलर आवश्यक पर्छ । ३ जनाको परिवारका लागि १ लाख ३५ हजार ५८६ डलर, ४ जनाका लागि १ लाख ५६ हजार ४१ र ५ जनाको परिवारका लागि १ लाख ७५ हजार ४१ डलर आवश्यकता पर्नेछ ।

 


सातामा धेरै पढिएको