एजेन्सी
बिहिवार, भदौ २६, २०७६
657

लद्दाख-भारत र चीनबीच सीमा फेरी एक पटक तनाव बढेको छ । बुधबार भारत र चिनियाँ सैनिकबीच प्यागोम झील नजिक झडप भएको हो । विवाद यति सम्म बढ्योकि दुवै देशका सेनाकाबीच ब्रिगेडियर तहमा मिटिङ भएपछि घटना शान्त भएको थियो ।
सुत्रका अनुसार १३४ किलोटिरको फेलीपेगोम झीलको उत्तरी किनारामा भारतीय तथा चिनियाँ सैनिकबीच मुक्का मुक्की भएको थियो । यो झीलको दुई तिहाई हिस्सामा चीनको नियन्त्रण रहदै आएको छ । किनकी यो क्षेत्र लद्दाखदेखि लिएर तीब्बतसम्म फै लिएको छ ।

भारतीय सैनिकले आफ्नो क्षेत्रमा गस्ती गरिरहेको समयमा उनीहरुको सामना पिपुल्स लिबरेसन आर्मीसँग भएको थियो । भारतीय सेनाले चिनियाँ सेनाको उपस्थितिप्रति कडा आपत्ती जनाएका थिए । यसपछि दुवै देशका सेनाबीच मुक्का मुक्की भएको थियो । तनाव यती सम्म बढ्योकि भारत तथा चीनले उक्त क्षेत्रमा आफ्ना अतिरिक्त सैनिक बल पठाएका थिए । बुधबार साझ सम्म दुवै तर्फका सुरक्षाबल एक अर्काको आमने सामने भएका थिए ।
तनाव कम गर्नका लागि दुवै देशका सेनाबीच ब्रिगेडियर तहमा मिटिङ भएको थियो ।
भारतीय सेना तथा वायुसेनाले अक्टोबरमा अरुणान्चल प्रदेशको सीमामा संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । यो अभ्यासमा लगभग ५ हजार जवानले भाग लिने छन् ।