एजेन्सी
बिहिवार, भदौ २६, २०७६
1116

वासिङटन-भारतको इसरोका अतिरिक्त अमेरिकी स्पेस एजेन्सी नासाले पनि डीप स्पेस एन्टिनाको सहयोगबाट चन्द्रमामा भएको बिक्रम ल्यान्डरलार्य सम्पर्क गर्ने कोशिश गरेको छ । नासाले बिक्रमलाई ‘हेलो’ सन्देश पठाएको छ । सेप्टेम्बर ७ मा बिक्रम ल्यान्डरको सम्पर्क चन्द्रमाको केबल २.१ किमीको दुरीमा पुगेपछि टुटेको थियो । बिक्रमले त्याहाँ सफ्ट ल्यान्डिङ गर्नु रहेको थियो ।
यो घटनापछि इसरोका वैज्ञानिकाले लगातर बिक्रमसँग सम्पर्क गर्ने कोशिश गरिरहेका छन् । तर उनीहरुलाई हालसम्म पनि कुनै सफलता मिलेको छैन । बिक्रम सकुशल हुने आशा दिन प्रतिदिन कमजोर बन्दै गइरहेको छ । सेप्टेम्बर २०–२१ पछि यो यानसँग सम्पर्क गर्ने आशा समाप्त हुनेछ । सोलार प्यानललाई आगामी १४ दिनसम्म कुनै पनि उर्जा प्राप्त हुनेछैन ।
नासाको जेट प्रपल्सन प्रयोगशालाले बिक्रमसँग सम्पर्क गर्नका लागि रेडियो फ्रिक्वेन्सी पठाएको छ । नासका अनुसार नासाको क्यालिफोर्नियामा रहेका डीप स्पेस नेटवर्कको माध्यमबाट बिक्रम ल्यान्डरसँग सम्पर्क गर्ने कोशिश गरिरहेको छ । अर्का एक अन्तरिक्ष यात्री स्कट टिलेले पनि यो कुराको पुष्टि गरेका छन् । उनले ट्वीटमार्फत भनेका छन्,“डीप स्पेस नेटवर्कले १२ किलोवाटको रेडियो फ्रिक्वेन्सी पठाएको छ । चन्द्रयान–२ को बिक्रम ल्यान्डरसँग सम्पर्क गर्न सकोस भनेर यसो गरिएको हो ।” टिलीले २००५ मा हराएको नासाको जासुसी स्याटलाइटको इमेज पनि खोजोर पत्ता लगाएका थिए ।