एजेन्सी
मंगलबार, भदौ २४, २०७६
1219

बेइजिङ-चिनियाँ खगोलविदले अन्तरिक्षमा फास्ट रेडियो बस्र्ट (एफआरबी) भनिने संकेतको पहिचान गरेका छन् । यो रहस्यमयी संकेतको स्रोत पृथ्वीबाट तीन अर्ब प्रकाश वर्ष टाढा भएको बताइएको छ ।
एफआरबी एक किसिमको रेडियो संकेत हो, जसको अवधि १ सेकेन्डमा हजारौ हिस्साको बराबर हुन्छ । अहिलेसम्म यो संकेतको उत्पत्तिको विषयलाई लिएर स्पष्ट जानकारी मिलेको छैन ।

चाइनिज एकेडेमी अफ साइन्सेस (एनओएस) को नेशनल एस्ट्रोनमिकल अब्र्जभेटरीका शोधकर्ताले एपरचर स्फेरिकल रेडियो टेलिस्कोपबाट यो एफआरबीको पहिचान गरेका हुन् । गिझोउ प्रान्तमा रहेको फास्ट सुक्ष्म संकेतको पहिचान गर्न सक्ने यो सबै भन्दा ठूलो टेलिस्कोप हो ।
२०१५ मा प्यूटोरिकस्थित आरसीबी अब्र्जभेटरी टेलिस्कोपले यो स्रोतको पहिलो पटक खोज गरेको थियो । अगस्टको अन्त्यदेखि सेप्टेम्बरको सुरुवातसम्म यो स्रोतबाट आउने १०० भन्दा बढी एफआरबीको पहिचान भइसकेको छ ।
वैज्ञानिकका अनुसार लगतार कैयौ एफआरबीको पहिचान भइसकेको छ । यसबाट यसको उत्पत्ति तथा गतिविधि पत्ता लगाउन सकिन्छ । यद्यपि यसको अध्ययन भइरहेको छ ।
चिनियाँ वैज्ञानिकाले टेलिस्कोपको १९ बीम रिसिभरमा एफआरबी ब्याकेन्ड सिस्टम इन्टल गरेका थिए । फेरी यसैको सहयोगबाट एफआरबी स्रोत १२११०२ अवलोकन गरेका थिए ।