एजेन्सी
सोमवार, श्रावण २७, २०७६
1393

वासिङटन-चीनले आधिकारिक रुपमा सबै अमेरिकी कृषि उत्पादनको खरिद रोकेपछि यो साता अमेरिकी किसानले आफ्नो ठूलो उपभोक्ता गुमाएका छन् । डोनाल्ड ट्रम्पले ३०० अर्ब डलरका चिनियाँ सामग्रीमा १० प्रतिशतको भन्सार शुल्क लगाएपछि बदलाको कारबाही स्वरुप चीनको यस्तो कदम आएको हो ।
चीनको विद्यमान थुप्रिएको अन्न किसानका लागि विनसकारी भएको विनासकारी भएको छ । यो वर्ष अमेरिकी किसानहरु ठूलो बाढी र चरम तातो हावाका कारण बाली नस्ट भएको, व्यापार युद्ध विस्तार भएर मूल्य न्यून भएको र नाफा प्रभावित भएको अवस्थाबाट प्रभावित भएका छन् । सोही समयमा चीनले भएको उत्पादनको खरिद पनि बन्द गरेपछि अमेरिकी किसान थप मारमा परेका छन् ।

“यो वास्तवमै धेरै खराब भएको छ,” नर्थ डाकोटामा ३५ वर्षसमम खेती गर्दै आएका किसान बब कुइलेनले बताए ।
“ट्रम्पले हाम्रो बजार बिगारे । कसैले पनि हाम्रो उत्पादन किनिरहेका छैनन् र हाम्रा लागि बजार छैन,” उनको दुखेसो थियो ।
गत वर्ष चीनतर्फ भएको अमेरिकी कृषि निर्यात आधा भन्दा बढीले ओरालो लागेको थियो । २०१७ मा चीनले १९ अर्ब ५० करोड डलरको कृषि सामग्री आयात गरेको थियो । उसको यो खरिदले अमेरिकी किसानका लागि चीन समग्रमा दोस्रो ठूलो बजार भएको थियो । २०१८ मा व्यापार युद्ध सुरु भएसँगै यो ओरालो लागेर ९.२ अर्ब डलरमा झरेको अमेरिकी कृषि विभागले जनाएको छ ।
यो वर्ष अमेरिकाबाट चीनले गरेको कृषि आयात सालाखाला २० प्रतिशतले घटेको छ । परिणाम स्वरुप अमेकिरी अन्न, दूग्ध र पाल्तु जनावर किसानको आम्दानी ह्वात्तै घटेको छ । विगत ६ वर्षको अवधिमा कृषि आम्दानीमा २०१३ को १२३.४ अर्ब डलरबाट ४५ प्रतिशतले गिरावट आएर गत वर्ष ६३ अर्ब डलरमा झरेको यूएसडीएले जनाएको छ ।
१ हजार ५ सय एकरमा गहु र सूर्यमुखी लगाएका किसान कुइलेनले यो वर्ष बालीको मात्रा बढे पनि प्रति एकरमा ७० डलर गुमाएका छन् । हालको सरकारी सहुलियतले उनलाई प्रति एकर १५ डलरको मात्रै पूर्ति गरेको उनले बताए ।