एजेन्सी
आइतवार, श्रावण २६, २०७६
1397

सोल-हुन्डाइ मोटर कम्पनीले आफ्नो र अहिलेसम्मकै पहिलो सौर्य छानो चार्जिङ सिस्टमको कार लन्च गरेको छ । यो प्रविधि आफ्नो पछिल्लो भर्सनको सोनाटा हाइब्रिडमा प्रयोग गरिने हुन्डाइले जनाएको छ ।
यो प्रविधिले कारको विद्युतीय उर्जा स्रोतलाई सहयोग गर्ने, इन्धन क्षमता बढाउने र कम कार्बनडाइ अक्साइड उत्सर्जन गर्ने हुन्डाइले जनाएको छ । सिलिकन सोलार प्यानल छानामा राखिएको र कार गुडिरहेको अवस्थामा पनि चार्ज हुने हुन्डाइले जनाएको छ ।

कारको ब्याट्रिको ६० प्रतिशतको ३० प्रतिशत सौर्य प्रविधिको प्रयोगबाट हुनेछ । प्रति दिन ६ घन्टाको चार्जले सवारीको दुरीमा प्रति वर्ष १ हजार ३ सय किलोमिटरले वृद्धि हुनेछ ।
हुन्डाइ ग्रुपको बडी टेक एकाईका प्रमुख हियू वन याङले भनेका छन्,“यो प्रविधिले प्रयोगकर्तालाई प्रदूषणसँग सम्बन्धित मुद्धा छल्नका लागि सहयोग हुनेछ ।”
यो सवारी हाल दक्षिण कोरियामा बिक्री भइरहेको छ र उत्तर अमेरिकी बजारमा पनि सार्वजनिक गरिने कार्यक्रम रहेको छ । यद्यपि हाललाई युरोपमा भने यो उपलव्ध हुनेछैन ।
कारको छानामा सौर्य प्यानल राख्ने बिचार पुरानो भने पक्कै पनि होइन ।
२०१८ को अगस्टमा मानवरहित सौर्य उर्जाको विमान एयरबसले बनाएको थियो । उक्त विमानको यात्रा २५ दिन, २३ घन्टा र ५७ मिनेटसम्म चलेको थियो । २०१६ मा सोला। इम्पल्स–२ ले पनि इन्धन बिना विश्वको यात्रा गरेको थियो । उक्त भ्रमण १७ पटक सम्मको बसाईमा पुरा गरिएको थियो ।