एजेन्सी
मंगलबार, श्रावण ७, २०७६
473

व्यापार र पारवहनका लागि भारतसँग मात्र रहेको निर्भरता अन्त्य गर्नका लागि महत्वपूर्ण मानिएको नेपाल–चीन रेल लिंक आर्थिक रुपमा असम्भव हुने देखिएको छ । प्रमुख सरोकारवालाबीच असहमती देखिएपछि यो असम्भव देखिएको हो ।
चिनियाँ बेल्ट एन्ड रोड इनिसियटिभको अंशको रुपमा देखिएको यो योजनामा राजनीतिक नेताहरुबीचमा सहमती देखिएको छैन । यसमा कसरी लगानी गर्ने भन्ने विषयमा अझैँ  टुंगो लागेको छैन ।

यो भन्दा पनि रेलमार्ग निर्माणमा पनि चुनौती देखिएको छ । हिमाली श्रृंखला विशेषगरी चुनौतीपूर्ण देखिएको हो । चिनियाँ पक्षले यो रेलमार्गका लागि थप अध्ययन आवश्यक भएको र यसमा नयाँ प्राविधिको आवश्यक भएको बताएको छ । प्रस्तावित रुट भूकम्पिय जोखिमको हिमाली क्षेत्रमा परेकाले चीनले यो योजनाका लागि नयाँ प्रविधिको आवश्यकता भएको बताएको हो ।
कामलाई गती दिने र रेल योजनको विषयमा वास्तविक प्रगती भन्दा पनि बढी कुटनीतिक प्रचारवाजी भएको विदेश मामिला र भूराजनीतिक विज्ञ गेजा शर्मा वाग्लेले बताए ।
बेइजिङमा जुनको तेस्रो सातामा भएको नेपाल–चीन रेलवे कर्पोरेसन समितीको चौथो बैठकमा चिनियाँ अधिकारीहरुले नेपाली पक्षलाई उनीहरुले विस्तृत आयोजना रिपोर्ट तयारी गर्नुपूर्व केही चिजमा काम गर्नु आवश्यक भएको बताएका थिए ।
चिनियाँ रेलवे प्रशासनले गत वर्ष आयोजनको पूर्व सम्भाव्यता अध्ययन सञ्चालन गरेका थिए । यसको रिपोर्ट भौतिक पूर्वाधार र यातायात व्यवस्थापन मन्त्रालयलाई बुझाइएको थियो । उक्त रिपोर्टमा विभिन्न समस्याहरु जस्तै भूकम्पिय गतिविधि, भौगोलिक वनावट, उचाई, भौगर्भिक र इन्जिनियरिङ लगायतका समस्याहरु चुनौतीपूर्ण भएको उल्लेख गरिएको थियो ।
यसै वर्षको मे महिनामा आयोजना भएको पत्रकार सम्मेनमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले भनेका थिए्,“उच्च भूभागमा रहेको असहज क्षेत्रबाट रेलमार्ग बनाउनका लागि थप वैज्ञानिक र सम्भाव्यता अध्ययन आवश्यक छ ।” उनले नेपाल–चीन सीमापार रेलवे लामो अवधिको आयोजना भएको विज्ञप्तिमार्फत् बताएका थिए ।
यी अनिश्चितताकाबीच बेइजिङमा आयोजना भएको चौथो नेपाल–चीन रेलवे कर्पोरेसन कमिटीको बैठकमा बेइजिङले तत्काल विस्तृत आयोजना रिपोर्टको बारेमा निर्णय गर्न नसक्ने उल्लेख गरेको थियो । यो विषयमा पाँचौ बैठकमा छलफल गरिने उल्लेख थियो । यो बैठक डिसेम्बरमा काठमाडौमा आयोजना हुने मिती तय भएको छ ।
चिनियाँ सीमाबाट ७२ किलोमिटरको रेलवेको उपयुक्त सम्भाव्यता अध्ययनले अनुमानित ३५ अर्ब नेपाली रुपैया अर्थात ३१ करोड ९० लाख डलर लाग्ने देखाएको नेपालका रेल अधिकारीहरुले बताएका छन् ।