बेइजिङ-चीनका वाणिज्य मन्त्रीले बेइजिङ र मस्कोे द्विपक्षिय व्यापार बढाउने विषयमा छलफल भइरहेको बताएका छन् । विशेषगरी रुसी भटमास र अन्य कृषि उत्पाननको आयात बढाइने उनले बताए ।
गत साता चिनियाँ वाणिज्य मन्त्री झोङ सानले रुसी आर्थिक विकास मन्त्री म्याक्सिम आरेस्किनसँग भेटघाट गरेका थिए । उक्त भेटघाटको समयमा उनीहरुले भटमासको व्यापारलाई गहन बनाउने विषयमा सहमती जनाएका थिए । चीनले अमेरिकाबाट गरिने आयातलाई विविधिकरण गर्ने सोच बनाए लगत्तै भटमासको आयातमा चीन रुसतर्फ मोडिएको हो ।
चीनले चीनमा हुने भटमासकै ठूलो आपूर्तिकर्ता अमेरिकाबाट हुने आयातलाई रोकेको छ । चीनले अमेरिकी भटमासको आयातमा २५ प्रतिशतको शुल्क लगाएको छ । चिनियाँ बस्तुमा अमेरिकाले भन्सार शुल्क लगाएको बदला स्वरुप चीनको यो कदम आएको हो ।
अमेरिकी कृषि विभागका अनुसार २०१८-१९ मा चीनतर्फ अमेरिकी भटमासको बिक्रीमा व्यापक कमी आएको उल्लेख छ ।
यसैबीच छिमेकी मुलुकहरु रुस र चीनबीचको व्यापारमा भने वृद्धि भइरहेको छ । कृषि उतदन र खाद्यान्नको मामिलामाा गत वर्ष व्यापारको आयतनमा झडै ३० प्रतिशतले वृद्धि भएर ५ अर्ब डलर पुगेको छ । यी दुई मुलुकबीचको समग्र व्यापार प्रक्षेपण भन्दा बढी अर्थात १०८ अर्ब डलर पुगेको छ ।