एजेन्सी
मंगलबार, असार २४, २०७६
633

हङकङ-गत साता बहु वर्षकै उच्च विन्दुमा पुगे बावजुद सुनको मूल्यमा लगातार वृद्धि हुने विश्वव्यापी लगानी रणनीतिकारले बताएका छन् ।
“वास्तवमै मूल्य वर्षको अन्त्यमा २ हजार डलरमा पुग्ने तय भएको छ,” लन्डनमा रहेको इन्डिपेन्डेन्ट स्ट्राटेजीका विश्वव्यापी रणनीतिकार र अध्यक्ष डेभिड रोचेको अनुमान छ ।

जुन २५ मा खुद्रा सुनको मूल्य प्रति औंश १ हजार ४२२.८५ डलर पुगेको थियो । उक्त मूल्य ६ वर्ष भन्दा बढी अवधिकै उच्च हो । गत साता सुनको मूल्य २०१३ को अगस्टदेखिकै उच्च विन्दुम पुगेको थियो । उक्त समयमा मूल्य १ हजार ४१७.७० डलर पुगेको थियो ।
अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको व्याज दरप्रतिको पछिल्लो अपेक्षा र चुलिएको भू–राजनीतिक चासोका कारण सेयर बजार ओरालो लाग्ने सक्ने भएकाले सुनको मूल्य उकालो लाग्ने क्रममा देखिएको रोचेले बताए ।
“वित्तीय बजार बालुवाको थुप्रो जस्तै भासिने अवस्थामा देखिएको मलाई लागेको छ,” उनले बताए ।
यद्यपि सोमबार भने सुनको मूल्य ओरालो लागेको थियो । यसमा अमेरिकाको सुक्रबारको घोषणको असर हुन सक्छ । अमेरिकाले सुक्रबार रोजगारी वृद्धि अपेक्षा गरिए भन्दा बढी भएको सार्वजनिक गरेको थियो ।
यसका बावजुद सुनको मूल्य लगातार उकालो लाग्ने प्रक्षेपण रोचेले गरेका छन् । विशेषगरी अन्तर्राष्ट्रिय व्यापार तनावले धितोपत्र बजारका लगानीकर्ताहरुको अपेक्षामा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले सुनको मूल्य बढ्न सक्ने अनुमान उनको छ ।