एजेन्सी
बुधवार, असार ११, २०७६
364

विश्वमा ट्रकभन्दा पनि सिमेन्ट उद्योगहरूले बढी प्रदूषण पैmलाइरहेका छन् । विश्वका कैयौं मुलुकका सरकार तथा कम्पनीले यसलाई कम गर्न चाहेका छन् । तर, उनीहरूलाई सफलता मिलेको छैन । यसलाई कम गर्नका लागि विभिन्न विकल्पमा काम भइरहेको छ । तर, हरित सिमेन्टको लागत बढी हुने भएकाले कम्पनीलाई ग्राहक पाउनका लागि मुस्किल भइरहेको छ ।
ब्लुमबर्गमा प्रकाशित समाचारअनुसार सिमेन्टले पूरै विश्वमा ७ प्रतिशत कार्बन डाईअक्साइड (सीओ–२) को उत्सर्जन भइरहेको छ । यतिको मात्रामा सीओ–२ को उत्सर्जन विश्वमा चलिरहेका ट्रकबाट पनि भएको छैन । कैयांै नाम चलेका सिमेन्ट उद्योगले हरित गृह ग्यासको उत्सर्जन कम गर्ने प्रयास गरिरहेका छन् । तर, उनीहरूलाई ग्राहकबाट कुनै पनि किसिमको सहयोग उपलव्ध भइरहेको छैन ।

सिमेन्टको उपायोग सबैभन्दा बढी भवन, सडक तथा पुल बनाउने काममा भइरहेको छ । यसका कारण ग्रिन हाउस ग्यासको उत्सर्जन पनि ठूलो मात्रामा भइरहेको छ । यसलाई कम गर्नका लागि नीति नियमका ध्यान निर्माणमा प्रयोग हुने सामग्रीमा जानु आवश्यक छ । यसले ग्लोबल वार्मिङलाई कम गर्न सकिन्छ ।
सिमेन्ट बनाउनका लागि चुनढुंगा (लाइमस्टोन) को प्रयोग गरिन्छ । यो ग्रिन हाउस ग्यासको उत्सर्जनको सबैभन्दा ठूलो कारण हो । लाइमस्टोनलाई १४ सय डिग्री सेल्सियसमा भट्टीमा तातो बनाइन्छ । लाइमस्टोनमा भएको कार्बन जब अक्सिजनसँग घुलमिल हुन्छ, यो सीओ–टु भएर बाहिर निस्कन्छ ।