एजेन्सी
बुधवार, असार ११, २०७६
954

व्यापारिक मोर्चामा अमेरिकालाई घेराबन्दी गर्नका लागि चीनले भारत र रूसको सहयोग लिन सक्नेछ । बेइजिङले सोमबार यो विषयका बारेमा संकेत दिएको हो । चीनका एक वरिष्ठ मन्त्रीका अनुसार राष्ट्रपति सी जिनपिङले ओसाकामा यो साता हुने जी–२० शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा रूसी राष्ट्रपति भ्लादिमिर पुटनसँग अमेरिकाको एकतर्फी व्यापार नीतिको बारेमा वार्ता गर्नेछन् ।
दुवै तेताले राष्ट्रपति ट्रम्पको व्यापारमा संरक्षणवादी व्यवहार तथा चीनमाथि लगातार बढाइदै लगिएको शुल्कको नियन्त्रण गर्नका लागि रणनीतिमा वार्ता गर्ने उनले बताए ।

अचम्मको कुार के छ भने चिनियाँ राष्ट्रपतिले यो सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि भेटघाट गर्नेछन् । यो समयमा दुई नेताबीच लामो समयदेखि चलिरहेको व्यापारयुद्धको विषयमा चर्चा हुनेछ । जापानको ओसाकामा जुन २८–२९ मा जी–२० को सम्मेलन हुँदैछ । यो सम्मेलनमा ब्राजिल, रूस, भारत, चीन तथा दक्षिण अफ्रिकाकमा राष्ट्राध्यक्ष समावेश हुनेछन् ।
चीनका विदेश मन्त्री झाङ जुनले पछिल्लो समयमा भारत तथा रूससँग चीनको सम्बन्ध राम्रो रहेको बताएका छन् । जिनपिङले यो सम्बन्धलाई अमेरिकासँगको व्यापार सम्झौतामा जमेको बर्फ पगाल्नका लागि प्रयोग गर्ने अपेक्षा गरिएको छ । तीन नेताबीचको भेटघाटलाई महत्वपूर्ण मानिएको छ । किनकि पछिल्लो समयमा भारत, चीन तथा रूसका अतिरिक्त विश्वका अन्य कैयौं देश अमेरिकाको व्यापारिक व्यवहारबाट प्रताडित हँुदै आएका छन्् ।