एजेन्सी
मंगलबार, असार १०, २०७६
304

उडानको समयमा आफु निदाएको र एयर क्यानडाको विमानमा एक्लै परेको गुनासो एक महिलाले गरेकी छन् ।
टिफानी आदम्स नामकी ती महिला ९ जुनमा क्युबेकबाट टोरन्टोतर्फको उडानमा निदाएकी थिइन्। जब उनी निद्राबाट ब्युँझिइन् उनले आफुलाई जम्ने चिसोमा पाएको र सिटमै रहेको बताएकी छन् । तर, विमान पार्किङको अवस्थामै रहेको थियो ।

उनले उक्त घटनाको समयमा रात्रिको त्रासदीपूर्ण अवस्था बेहोरेको दुखेसो व्यक्त गरेकी छन् ।
एयर क्यानडाले पनि उक्त दुर्घटना भएको पुष्टि गर्दैै अनुसन्धान गरिरहेको छ ।
आदम्सले फेसबुकमार्फत आफु मध्यरात अर्थात् विमान अवतरण भएको केही घन्टापछि ब्युँझिएको बताएकी छन् । उक्त समयमा जम्ने अवस्थाको चिसो भएको र पूरै अँध्यारो भएको बताएकी छन् ।
उक्त अनुभव कहालीलादो भएको उनको भनाइ छ ।
यद्यपि आदम्सले आफ्नी साथी डिना डेललाई आफु विमानमै खसेको जानकारी गराउन सफल भएकी थिइन् । तर फोन गर्दागर्दैको १ मिनेटको अवधिमा उनको फोनले काम गर्न छोडेको थियो ।
विमान बन्द भएकाले उनले आफ्नो फोन पनि चार्ज गर्न पाएकी थिइनन् । उनकी मित्र डेलले टोरन्टो पियर्सन एयरपोर्टमा फोन गरिन् र आदम्सको बारेमा बताएकी थिइन् ।
एयर क्यानडाका कर्मचारीले उनलाई होटलको प्रस्ताव गरेको तर आपूmले उक्त प्रस्ताव अस्वीकार गरेको उनले बताइन् । उनले सकेसम्म चाँडो घर जाने इच्छा व्यक्त गरेकी थिइन् ।
अनुसन्धानका लागि एयर क्यानडाका प्रतिनिधिले दुई पटक फोन गरेको र माफीसमेत मागेको उनले बताइन् ।