एजेन्सी
बुधवार, असार ४, २०७६
570

सेनझेन,आगामी २ वर्षको अवधिमा हुवावेको बिक्रीमा ३० अर्ब डलरको नोक्सानी हुने कम्पनीका संस्थापक एवं सिईओले बताएका छन् । आफ्नो कम्पनीविरुद्धको अमेरिकी अभियानका कारण यो परिमाणको क्षती हुने रेन झेङफेइले बताए ।
“आगामी दुई वर्षको अवधिमा हामीले आफ्नो क्षमतालाई घटाउनेछौं, हाम्रो आम्दानी झन्डै ३० अर्ब डलरले घट्ने छ । त्यसैले यो वर्ष र आगामी वर्ष हाम्रो बिक्री आम्दानी १०० अर्ब डलरको हुनेछ,” हुवावेको मुख्यालयको प्यानल छलफलको समयमा उनले बताए ।

गत वर्ष बिक्री झन्डै २० प्रतिशतले वृद्धि भएर ७ सय २१ अर्ब युआन अर्थात् १ सय ४ अर्ब डलर पुगेको थियो ।
अमेरिका–चीन व्यापारयुद्धमा यो समस्यामा परेको चिनियाँ कम्पनी निशानामा परेको छ । ट्रम्प प्रशासनले मे १६ मा ठूलै युद्ध छेडेका थिए । उक्त समयमा ट्रम्प प्रशासनले हवावेलाई कालो सूचीमा राखेर अमेरिकी कम्पनीलाई अमेरिकी सरकारको अनुमतिबेगर सामग्री बिक्रीका लागि प्रतिबन्ध लगाएको थियो ।
बेइजिङले कम्पनीका उपकरण अन्य देशमा जासुसीका लागि प्रयोग गर्न सक्ने त्रास वासिङ्टनमा छ । अमेरिकाले आफ्ना मित्र राष्ट्रहरूलाई अर्को पुस्ताको तीव्र गतिको फाइभ–जी वायरलेस नेटवर्क बन्द गर्न दबाब दिँदै आएको छ । यद्यपि हुवावेले यो दाबीको बारम्बार अस्वीकार गर्दै आएको छ ।