एजेन्सी
आइतवार, असार १, २०७६
214

देशको परम्परागत कला–संस्कृतिलाई जोगाउनका लागि चीनका २ हजार विद्यालय छनौट गरिएको छ ।
शिक्षा मन्त्रालयतले शुक्रबार दिएको जानकारीअनुसार ती विद्यालयहरूमा कला–संस्कृतिको संरक्षणका लागि विभिन्न क्रियाकलापहरू गरिनेछ ।

मन्त्रालयले त्यसका लागि मातहतका निकायलाई सार्वजनिक रूपमै निर्देशन समेत जारी गरेको अधिकारीहरूले जनाएका छन् ।
छनौट भएका विद्यालयहरूले चीनका परम्परागत लोक–संगित, कला, नृत्य, गीतिनाटक, हस्तलिपि, शिल्प र खेलहरू सिकाउनुपर्ने भएको छ ।
शिक्षा र परम्परागत कला–संस्कृतिलाई सँगसगै अगाडि बढाउने गरी विद्यालयहरूको छनौट गरिएको हो । उनीहरूले निश्चित निर्देशिकाका आधारमा काम गर्नेछन् ।