एजेन्सी
आइतवार, असार १, २०७६
663

हङकङ-चीनको हनसोह फर्मा कम्पनीका संस्थापक तथा अध्यक्ष ५८ वर्षीय झोङ हुइजुआन एसियाकै सर्वाधिक धनी स्व निर्मित महिला बनेकि छन् । उनको कुल सम्पत्ति शुक्रबारसम्म १०.५ अर्ब डलर पुगेको छ । हङकङको सेयर बजारमा हनसोह फर्माको लिस्टिङको पहिलो दिन ३७ प्रतिशतले वृद्धि भएको छ । झोङसँग हनसोह फर्माको ६८ प्रतिशत सेयर रहेको छ । उनले १९९५ मा कम्पनी सुरु गरेकि थिइन् । यो भन्दा पहिले उनी केमिस्ट्रिको शिक्षक थिइन् ।
झोङ भन्दा पहिले चीनको रियालिटी ग्रुपका लङफोरको अध्यक्ष वु याजुन सबैभन्दा धनी स्वनिर्मित महिला थिइन् । उनको कुल सम्पत्ति १०.४ अर्ब डलर थियो । याजुनलाई पछि पार्दै झोङ एसियाको दोस्रो धनी महिला बनेकि थिइन् । पहिलो स्थानमा चीनकी कन्ट्री गार्डन होल्डिङको सह अध्यक्ष यांग हुइवान हुन् । उनको कुल सम्पत्ति २२.२ अर्ब डलर छ ।
बिहीबारसम्म झोङको कुल सम्पत्ति ७.९ अर्ब डलर थियो । उनका पती पिआओयाङ को कुल सम्पत्ति ९.३ अर्ब डलर थियो । तर झोङ आफ्ना श्रीमान भन्दा पनि अगाडि बढेकि छन् । पिआओयाङ जिआंगसु हेनग्रुई मेडिसिन कम्पनीका अध्यक्ष हुन् । पति–पत्नीको संयुक्त कुल सम्पत्तिको आधारमा उनीहरु फर्मा उद्योगमा विश्वकै सर्वाधिक धनी परिवारमा समावेश भएका छन् ।