एजेन्सी
आइतवार, असार १, २०७६
629

नयाँ दिल्ली-भारतले २८ अमेरिकी बस्तुमा भन्सार लगाउने आइतबार बताएको छ । यसमा बदाम र स्याउ पनि समावेश छ ।
वासिङटनले दिल्लीलाइ स्टिल र आल्मुनियमको आयातमा उच्च भन्सारबाट छुट नदिएपछि नयाँ दिल्लीले ७० प्रतिशत सम्मको भन्सार लगाउने तयारी गरेको हो ।

यो महिनाको सुरुमा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाले भारतलाई दिइदै आएको सौविध्यपूर्ण व्यापार सहुलियत फिर्ता लिने घोषणा गरेका थिए ।
गत वर्षको जुनमा भारतले १२० प्रतिशतसम्मको भन्सार शुल्क घोषणा गरेको थियो । तर व्यापार वार्ता चलिरहदा उक्त घोषणाको कार्यान्वयन पर सरेको थियो ।
यो निर्णय सार्वजनिक हितका लागि भएको भारतका अर्थमन्त्रीले शुक्रबार घोषणा गरेका थिए ।
सुरुको सूचीमा २९ बस्तुलाई समावेश गरिएको थियो ।
२०१८मा अमेरिका–भारतबीचको द्विपक्षिय व्यापार १४२ अर्ब डलरको थियो । यो २००१ को तुलनामा ७ गुणाले बढी भएको अमेरिकी तथ्यांकले देखाएको छ ।
५.६ अर्ब डलरका भारतीय निर्यातमा सुरुमा अमेरिकाले भन्सार शुल्क लगाएको थिएन । तर यो मुलुकले जीएसपी अर्थात सौविध्यपूर्ण भन्सार सुविधा गुमाएपछि नराम्ररी प्रभावित भएको छ ।
यो कदम ट्रम्प प्रशासनले अन्य मुलुकसँग पक्षपातपूर्ण व्यापार सम्बन्ध रहेको मानेपछि पुनः सम्बोधन हुन लागेको हो ।
यसपछि दुई मुलुकबीचको तनाव बढ्दो क्रममा रहेको छ । गत वर्ष आल्मुनियम र स्टिलमा अमेरिकी भन्सार शुल्क वृद्धिको बदलामा भारतले विभिन्न सामग्रीमा आफ्नै आयात शुल्क लगाएको थियो ।
यदी भारतले इरानी तेल खरिद गरेमा वा रुसी एन्टी एयरक्राफ्ट मिसाइल एस–४०० किनेमा अमेरिकी राष्ट्रपति ट्रम्पले यो मुलुकलाई पनि प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए ।
भारतका विदेश मन्त्री जय शंकरले जापानमा हुन लागेको जी–२० को सम्मेलनपूर्व अमेरिकी विदेश मन्त्री माइक पोम्पियोलाई भेट्ने केही समयपूर्व भारतकातर्फबाट यो पछिल्लो शुल्क वृद्धिको धम्की आएको हो । ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि वार्ता गर्ने अपेक्षा गरिएको छ ।