एजेन्सी
शुक्रवार, जेठ ३१, २०७६
362

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कजाकिस्तानको राजधानी बिस्केकको भ्रमणमा गएका छन् । उनी सांघाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा भाग लिन त्यसतर्फ गएको भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।
भारतीय प्रधानमन्त्री मोदी गत महिना मात्र दोस्रो पटक भारतको प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनी एससीओ सम्मेलनमा पनि दोस्रो पटक भाग लिन लागेका हुन् ।

गत वर्ष चीनमा सम्पन्न यस सम्मेलनमा मोदी गएका थिए । प्रधानमन्त्री मोदीका कारण विश्वव्यापी रूपमा भारतको उपस्थिति बलियो देखाउने अवसर प्राप्त हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
एससीओको शिखर सम्मेलनका अतिरिक्त प्रधानमन्त्री मोदीले केही देशका राष्ट्रप्रमुखहरूसँग द्विपक्षीय हितका विषयमा छलफल गर्नेछन् ।