एजेन्सी
बिहिवार, जेठ ३०, २०७६
2882

चिकित्साको संसारमा प्रविधि क्रान्तिकारी प्रमाणित हँुदै गइरहेको छ । यसको एक अर्को हलचलको अवस्था चीनमा देखिएको छ । चीनमा विशेषज्ञले फाइभ–जी नेटवर्कको सहयोगमा २ सय किलोमिटर पर बसेर चिकित्सकलाई निर्देशन दिई गल ब्लाडर (पित्ताशय) को शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका छन् ।
चीनमा फाइभ–जी नेटवर्क सञ्चालनमा लाइसेन्स प्राप्त गरिसकेको कम्पनी चाइना मोबाइलले गत साता उत्तरी चीनको हुवेइ प्रान्तमा लगभग १ घन्टाको अवधिमा यो शल्यक्रिया सम्पन्न गरिएको जनाएको छ । यो अवधिमा पूरै व्यवस्थालाई फाइभ–जी नेटवर्कसँग जोडिएको थियो ।

यो शल्यक्रिया ताहे अस्पतालको सेनोङगजियाको शाखामा गरिएको थियो । त्यहाँबाट यसुको लाइभ फिड (प्रत्यक्ष प्रसारण) शियान सहरस्थित शाखामा बसेका विशेषज्ञसामु पठाइएको थियो ।
फाइभ–जी प्रविधिको तीव गतिको सहयोगमा दुवैतर्पmका चिकित्सक एक–अर्कासँग बिनाकुनै अवरोध सम्पर्क गरिरहेका थिए ।
चाइना मोबाइलका अधिकारी गुई कनपेङले भने, “फाइभ–जी प्रविधिमा नरोकीकन फोटो तथा भिडियो आदान–प्रदान सुनिश्चित हुन्छ । यसको सहयोगबाट कुनै जटिल शल्यक्रियाको अवस्थामा टाढा–टाढा बसेर चिकित्सकसँग मिलेर आफ्नो विशेषज्ञताको प्रयोग गर्न सकिन्छ ।”

फाइभ–जीको विस्तारमा चीनको लगाव
मनोरञ्जन, परिवहन तथा स्वास्थ्य सेवासँग सम्बन्धित क्षेत्रमा बढेको मागलाई मध्यनजर गर्दै चीनले फाइभ–जी नेटवर्क विस्तार गर्ने प्रयास गरिरहेको छ । हुवेई प्रान्तमा ३ सयभन्दा बढी फाइभ–जी आधार स्टेसन बनाइएको छ । यसको मद्दतबाट यहाँ लगभग सबै सहर पूरै फाइभ–जी कभरेजबाट सु–सज्जित भएको छ ।
चीनको राजधानी बेइजिङमा फाइभ–जीको ४ हजार ३ सय आधार स्टेसन स्थापित गरिएको छ । फाइभ–जी नेट वर्कमा डाउनलोडको गति फोर–जीको तुलनामा १० देखि १ सय गुणासम्म उच्च हुन्छ ।