कारोबार संवाददाता
बिहिवार, जेठ ३०, २०७६
1105

मिसन शक्तिको सहयोगमा भारतले अन्तरिक्षमा उपग्रहलाई एसेट रकेटबाट खसालेको थियो । यो सफलतापछि अब अन्तरिक्षमा सुरक्षाका लागि भारतले अर्को एजेन्सी हुने भएको छ । यसको नाम रक्षा अन्तरिक्ष अनुसन्धान एजेन्सी (डीएसआरओ) राखिएको छ ।
रक्षा मन्त्रालय सूत्रका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षता भएको सुरक्षा मामिलामा मन्त्रिपरिषदीय समिति (सीसीएस) ले डीएसआरओको गठनका लागि मन्जुरी दिएको छ । एजेन्सीलाई अन्तरिक्षमा युद्धका लागि प्रविधिको विकसित गर्ने कामाका जिम्मेवारी दिइएको छ । अब भारतीय सेनाले आकाश, पृथ्वी तथा समुद्रपछि अन्तरिक्षमा पनि शत्रुलाई आक्रमण गर्न सक्ने भएको छ ।

अन्तरिक्षमा हुने कुनै पनि किसिमको लडाइँका लागि सैन्य बलको शक्तिमा वृद्धिका लागि मोदी सरिकारले ठूलो पैmसला लिएको छ । एजेन्सीको गठनका लागि पहिले नै उच्चस्तरीय बैठक भएको बताइएको छ । संयुक्त सचिवस्तरको वैज्ञानिकको नेतृत्वमा एजेन्सीले आफ्नो आकार लिन पनि सुरु गरेको छ । यो एजेन्सीमा वैज्ञानिक हुनेछन् । उनीहरूले तीन सेनाका साथ समन्वय स्थापित गर्ने काम गर्नेछन् ।
एजेन्सीमा तीन सेनाका सदस्य पनि संलग्न हुनेछन् । अन्तरिक्षमा स्याटेलाइट खसाल्ने क्षमता हालसम्म अमेरिका, रूस, चीन तथा जापानसँग मात्रै थियो । बैंगलोरस्थित प्रतिरक्षा स्पेस एजेन्सीको जिम्मेवारी एयर भाइस मार्सलका अधिकारीलाई सुम्पिएको छ ।