एजेन्सी
बुधवार, जेठ २९, २०७६
1509

चीनले लामो खडेरीबाट सर्वाधिक प्रभाव परेको केन्याका लागि ११ हजार ८ सय ३५ टन चामल प्रदान गरेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।
केन्याका लागि चिनियाँ राजदूत ऊ पेङले उक्त सहयोगको पहिलो खेप सुख्खा प्रभावित इलाकामा वितरण भइसकेको र बाँकी चामल पनि वितरणको क्रममा रहेको बताए ।

राजदूत पेङले दोस्रो खेपका रूपमा अरु १ हजार ५ सय टन चामल ढुवानीको कार्य भइरहेको जानकारी दिए । उनले चीनको सहयोगमा आएको चामल एक समारोहबीच केन्याली अधिकारीहरुलाई हस्तान्तरण पनि गरेका छन् ।
सन् २०१७ मा चीन सरकारले केन्याका निम्ति करिब २ करोड २० लाख अमेरिकी डलरबराबरको आपत्कालीन मानवीय खाद्यान्न सहयोग उपलब्ध गराउने घोषणा गरेको थियो ।
सन् १९६३ मा स्वतन्त्र भएयता केन्यालाई चीन सरकारले १ सयभन्दा बढी परियोजनामा वित्तीय सहयोग गरेको छ । यस्तो सहयोगमा अनुदान, निब्र्याजी ऋण तथा सहुलियत ऋण छ ।