एजेन्सी
मंगलबार, जेठ २८, २०७६
567

नयाँ दिल्ली-दिल्लीको इतिहासमा सोमाबार तापमान पहिलो पटक ४८ डिग्री सेल्सियस पुगेको छ । पालम क्षेत्रमा तापमान ४८ डिग्री रेकर्ड गरिएको छ । आइतबार राजधानीमा तापमान ४७.८ डिग्री रहेको थियो । दिल्लीकै सफदरगन्जमा तापमान ४५.६ डिग्री पुगेको थियो ।
भीषण गर्मीको असर पुरै देशले भोगिरहेको छ । कैयौ राज्यमा पीउने पानीको समेत कमी भएको छ । जलाशय सुकिसकेको छ र थोपा थोपाका लागि मानिस कैयौ किलोमिटर परसम्म धाउन बाध्य भएका छन् । यो भन्दा पहिले पालम क्षेत्रममा गर्मी २०१४ को जुनमा यो तहमा पुगेको थियो । दिल्लीमा उक्त समयमा तापमान ४७.८ डिग्री रहेको थियो ।

भारतीय मौषम विभाग (आईएमडी) का अनुसार आगामी २ दिनको अवधिमा पनि दिल्लीमा तापमान कमी हुने कुनै सम्भावना छैन । मौषम विभागले सोमबार दिल्लीमा तापमान ४५ डिग्री भन्दा माथि जान सक्ने बताएको थियो ।
दिल्लीका अतिरिक्त उत्तर भारतीय राज्य राजस्थानमा तापक्रम ४५ डिग्री सेल्सियसको आसपासमा रहन सक्ने देखिएको छ । मध्य प्रदेश, हरियाणा, चन्डीगढ तथा दिल्लीमा पनि तापमान यही हाराहारीमा रहने अनुमान गरिएको छ । पश्चिमी मध्य प्रदेश तथा उत्तर प्रदेशका केही क्षेत्रमामा पनि तापक्रम ४५ डिग्री सेल्सियस रहन सक्छ ।
दिल्लीको असापासको क्षेत्रमा आकास खुला रहने तथा तातो हावाको प्रभाव पनि रहने मौषम विभागले जनाएको छ । दिल्ली, दक्षिण उत्तर प्रदेश, पूर्वी मध्य प्रदेश, हरियाणा, चन्डीगढ लगायतका राज्यमा लगातार दुई दिन सम्मि तातो हावाको प्रभाव रहने मौषम विभागले जनाएको छ ।
राजस्थानको गंगानगरमा तापमान ४८.५ डिग्री सेल्सियस रहेको छ । उत्तर–पूर्वी भारतमा मंगलबारसम्म मनसुन आउन सक्ने अनुमान गरिएको छ । याहाँ मनसुनका कारण मौषम सामानयमा आउन सक्ने बताइएको छ ।