एजेन्सी
आइतवार, जेठ २६, २०७६
357

चीन फाइभ–जी तथा अन्य प्रविधिजन्य ज्ञान आफ्ना सबै साझेदार राष्ट्रहरूमा पु¥याउन तयार रहेको चीनका राष्ट्रपति सी जिनपिङले बताएका छन् ।
“खासगरी फाइभ–जीजस्ता प्रविधिजन्य आविष्कारलाई सबै सहयोगीसम्म पु¥याउन र यसबाट उनीहरूलाई प्रविधिको लाभ दिन बेइजिङ सधैँ तयार छु,” राष्ट्रपति सीले रूसी सहर सेन्ट पिटर्सवर्गमा आयोजित आर्थिक मञ्चलाई सम्बोधन गर्ने क्रममा बताए ।

ताररहित फाइभ–जी नेटवर्कमा अमेरिकासँग कडा प्रतिस्पर्धामा अघि बढिरहेको चीनले विश्वव्यापी नेतृत्व लिन प्रयास गरिरहेको समय राष्ट्रपतिको उक्त भनाइ आएको हो ।
वासिङ्टनले विश्व बजारमा विशेष स्थान लिने पक्कापक्की भइसकेको फाइभ–जी प्रविधिको प्रमुख निर्यातकर्ता चिनियाँ टेलिकम कम्पनी हुवावेलाई कालोसूचीमा राखेको सन्दर्भमा चीनको उत्पादन विश्व विकासका लागि भएकाले यसलाई प्रयोग गर्न आनाकानी गर्नु कुनै पनि देशको आफैमा विरोधाभासपूर्ण कार्य भएको राष्ट्रपति सीको भनाइ थियो ।
रूसी राष्ट्रपति पुटिनसमेत सहभागी मञ्चमा बोल्दै सीले भने, “चीनले समानता र आपसी सम्मानका आधारमा अर्थपूर्ण सहकार्य गर्न चाहन्छ ।”