एजेन्सी
आइतवार, जेठ २६, २०७६
742

कतारका अमिर शेख तमिम बिन हमद अल थानीले अर्को महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने भएका छन् ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमै उनले ट्रम्पलाई भेटेर अरबी मुलुकहरूमा भइरहेको तनावका बारेमा छलफल गर्ने भएका छन् ।

कतारका छिमेकी अरबी मुलुकरूले झन्डै दुई वर्षदेखि कतारविरुद्ध नाकाबन्दी गर्दै आएका छन् । अमिर थानीले राष्ट्रपति ट्रम्पलाई नाकाबन्दी फिर्ताका लागि पहल गर्न तथा दबाब दिन आग्रह गर्ने भएका छन् ।
अमिरले ट्रम्पलाई वासिङ्टनमा यही जुलाई ९ तारिखका दिन भेट्ने कार्यतालिका छ । भेटवार्ताका क्रममा उनीहरूले आतंकवादविरुद्धको सहकार्य, क्षेत्रीय राजनीति, सुरक्षालगायतका विषयमा छलफल गर्ने भएका छन् ।