एजेन्सी
आइतवार, जेठ २६, २०७६
339

हुवावेले रूसको टेलिकम फर्म एमटीएसँग रूसका फाइभ–जी प्रविधिको विकासका लागि सम्झौतामा हस्ताक्षर गरेको छ ।
यो कम्पनीले रूसमा अर्को पुस्तको फाइभ–जी नेटवर्कको विकास गर्ने रिपोर्टमा उल्लेख गरिएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले रूसको तीनदिने भ्रमण सुरु गरेकै समयमा यो सम्झौतामा स्वीकृति जनाइएको हो ।
अमेरिकी नेतृत्वमा केही पश्चिमा कम्पनीहरूले राष्ट्रिय सुरक्षाको चासो देखाउँदै चिनियाँ फर्ममा अवरोध देखाएको समयमा यो सम्झौतामा हस्ताक्षर भएको हो ।
यो सम्झौता अनुसार २०१९ र २०२० मा फाइभ–जी प्रविधिको विकास र पाँचौं पुस्ताको नेटवर्कको पाइलट लन्च गरिने एमटीएसले विज्ञप्तिमार्फत जनाएको छ ।
पछिल्ला महिनाहरूमा अन्तर्राष्ट्रिय दबाबको सामना गरिरहेका कम्पनी हुवावेका लागि यो सम्झौताले केही राहत दिने सम्भावना देखिएको छ ।
अमेरिकाले विश्वकै ठूलो दूरसञ्चार उपकरण निर्माता फर्मलाई आफ्नो फाइभ–जी नेटवर्कको विस्तारमा रोक्नका लागि आफ्ना मित्र राष्ट्रहरूलाई प्रेरित गर्दै आएको छ । चिनियाँ सरकारले यसका उत्पादनहरूलाई जासुसीका लागि प्रयोग गर्न सक्ने भन्दै अमेरिकाले स्वयं र आफ्ना मित्र राष्ट्रहरूलाई फाइभ–जीमा हुवावेका सामग्रीहरू प्रयोग नगर्नका लागि सचेत गराउँदै आएको छ ।
हुवावेले भने यो दाबी अस्वीकार गर्दै आएको छ र आपूm सरकारबाट स्वतन्त्र भएको बताउँदै आएको छ ।
अभैm पनि अस्ट्रेलिया र न्युजिल्यान्डलगायतका केही मुलुकले हुवावेलाई फाइभ–जी मोबाइल नेटवर्कका लागि उपकरण आपूर्ति गर्न अवरोध सिर्जना गर्दै आएका छन् ।