एजेन्सी
आइतवार, जेठ २६, २०७६
250

कानुनी जनचेतना बढाउन चीनमा सन् २००६ देखि अहिलेसम्म झन्डै ३३ हजार १ सय ६० कार्यक्रम आयोजना गरिएका छन् ।
चाइना ल सोसाइटी (सीएलएस)ले बुधबार दिएको जानकारी अनुसार कानुनको शासनका बारेमा जानकारी गराउने विशेष अभियानअन्तर्गत ती कार्यक्रमहरू आयोजना गरिएको हो ।

प्रवचनात्मक ती कार्यक्रममार्फत अहिलेसम्म दसौँ लाखको संख्यामा नागरिक लाभान्वित भएको समाचारमा जनाइएको छ ।
अर्को चरणमा कानुनी समस्याहरू समाधान गर्न सिकाउने र सघाउने कार्यक्रमहरू पनि आयोजना गर्ने तयारी भएको अधिकारीहरूले जनाएका छन् ।