एजेन्सी
आइतवार, जेठ २६, २०७६
271

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि नयाँ मन्त्रिपरिषद्को पहिलो बैठक यही जुन १२ तारिखमा बस्ने भएको छ ।
गत मे ३० मा दिन शपथग्रहण गरेका प्रधानमन्त्री मोदीले झन्डै दुई हप्तापछि मात्रै मन्त्रिपरिषद्को पहिलो बैठक बोलाएको स्रोतले जनाएको छ ।

दोस्रो पटक प्रधानमन्त्री बनेका मोदीले शपथग्रहणको भोलिपल्टै आफ्ना मन्त्रीलाई मन्त्रालयगत जिम्मेवारी तोकेका थिए ।
ती मन्त्रीलाई आगामी पाँच वर्षसम्म आफूले गर्ने प्रमुख कामको प्रारम्भिक योजना बनाउन निर्देशन दिएकाले पनि पहिलो बैठक बस्न ढिला हुन गएको जनाइएको छ ।
पहिलो बैठकमा मोदी सरकारले पाँचवर्षे कार्यकालमा गर्ने मुख्य कामका बारेमा छलफल हुने स्रोतले जनाएको छ ।