एजेन्सी
आइतवार, जेठ २६, २०७६
1503

मस्को-चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो साथी भएको बताएका छन् । सेन्ट पिटर्सबर्ग इटरनेशनल इकोनोमिक फोरम (एसपीआईइएफ) मा अमेरिका चीनसँग छुट्टिएर बस्न पनि इच्छुक नभएको उनले बताएका हुन् ।
अमेरिकासँग रुसको सम्बन्ध तल्लो स्तरमा रहेका समयमा सीले रुसी राष्ट्रपतिसँग न्यानो सब्दहरुको पनि साटासाट गरेका थिए ।

तर प्लेनरी सत्रमा सीले अमेरिका र चीनबीचको सम्बन्ध बलियो रहने बताएका छन् ।
“अमेरिकालाई चीनबाट र चीनलाई अमेरिकासँग पूर्ण रुपमा छुट्टिएर बस्ने विषयको कल्पना गर्न मुश्किल छ । हामी यसमा रुची राख्दैनौ र हाम्रा अमेरिकी साझेदार पनि यसमा इच्छुक छैनन् । राष्ट्रपति ट्रम्प मेरा साथी हुन् र उनी यसप्रति इच्छुक छैनन् भन्ने विषयमा म विश्वस्त छु,” सीले चिनियाँ भाषामा भने । यसलाई रुसी भाषामा व्याख्या गरिएको थियो र रोयटर्सले अंग्रेजीमा अनुवाद गरेको थियो ।
अमेरिकासँगको व्यापार युद्धको बारेमा सोधिएकोमा उनले अनुवादमार्फत भने,“चीन सधै विश्वव्यापीकरणको प्रवद्र्धनको पक्षमा रहन्छ ।”
“यो ठूलो छालको सानो हिस्सा हो । जसले सानो परिवर्तन मात्रै ल्याउछ । तर यसले समग्रमा विश्वव्यापीकरणलाई रोक्न सक्दैन,” उनले भने ।
विश्वव्यापी व्यवस्था र संगठनहरुले तय गरेको सर्तमा सुधारको आवश्यकता भएको तर समग्र व्यवस्थामै फेरबदल गर्न आवश्यक नभएको उनले बताए ।
बुधबार सीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्नो सबैभन्दा मिल्ने साथी भएको बताइसकेका थिए ।
“विगतका ६ वर्षको अवधिमा उनले पुटिनसँग झन्डै ३० पटक भेटिसकेका छन् । रुस मैले धेरै भ्रमण गरेको मुलुक हो र राष्ट्रपति पुटिन मेरा सबैभन्दा मिल्ने साथी हुन् र सहपाठी पनि हुन्,” सीले बुधबारको पत्रकार सम्मेलनको अवसरमा बताएका थिए ।