एजेन्सी
बिहिवार, जेठ २३, २०७६
648

ओमाहा, अमेरिका-विश्वका दुई ठूला धनी मानिसले कुनै रेष्टुरामा वेटर भएर काम गरेको सुन्दा विश्वास गर्न हम्मे हम्मे हुन्छ । तर अमेरिकामा यस्तै भएको छ । माइक्रोसफ्टका सह संस्थापक बिल गेट्स र बर्कशायर हाथवेका अध्यक्ष वारेन बफेटले आइसक्रिम तथा फास्ट पूmड रेष्टुरा डेरी क्वीनमा कर्मचारीको जस्तै काम गरेका छन् । गेट्सले मंगलबार आपूmले गरेको यो कामको भिडियो सार्वजनिक गरेका छन् ।
गेट्स र बफेटले कर्मचारीको जस्तै एप्रोन तथा नेमप्लेट लगाएर मिल्कसेक बनाएका छन् । उनीहरुले आइसक्रिम सर्भ गरे र क्यास काउन्टर पनि सम्हालेका छन् । सर्भिसको समयमा उनीहरु ग्राहकसँग ठट्टा गरेको पनि देखिएको छ । आपूmले बफेटको तुलनामा मिल्कसेक बनाउन चाडो सिकेको गेट्सले बताए ।

गत महिना ओमाहामा बर्कशायरका सेयरधनीको वार्षिक बैठकमा सयम निकालेर बफेट तथा गेट्सले केही फरक काम गर्ने इच्छा व्यक्त गरेका थिए । दुवैले डेरी क्वीन रेष्टुरामा पुगेर लन्च लिए र त्याहाँ कामको तालिम पनि लिएका थिए । बफेट डेरी क्वीन रेष्टुरा चेनका मालिक पनि हुन् । उनको कम्पनी बर्कशायर हाथवेले १९९८ मा उक्त रेष्टुरा खरिद गरेको थियो ।
बिल गेट्स विश्वकै दोस्रो धनी व्यक्ति हुन् । उनी डलर खर्बपति हुन् । उनको सम्पत्ति १०२ अर्ब डलर रहेको छ । बफेट विश्वकै चौथो धनी व्यक्ति हुन् । उनको कुल सम्पत्ति ८३.४ अर्ब डलर रहेको छ । दुवै ठूला दानवीर पनि हुन् । बफेट,बिल गेट्स तथा मेलिन्दा गेट्सले २०१० मा गिभिङ प्लेजको काम सुरु गरेका थिए । यसको माध्यमबाट उनीहरुले विश्वका अन्य धनीहरुलाई पनि परोपकारी कामका लागि प्रेरित गर्दै आएका छन् ।