कारोबार संवाददाता
आइतवार, जेठ १२, २०७६
7629

स्पेन-बार्सिलोनामा नगरपालिकाको फोहोर बोक्ने सवारीले ठक्कर दिँदा एक जना नेपालीको मृत्यु भएको छ ।
स्याङ्जा जिल्ला विरूवा गाउँपालिका ६ चिन्ने घर भई दश महिना देखि बार्सिलोनामा बस्दै आएका वर्ष २३ का पुजन कोइरालाको शनिबार बार्सिलोनामा सडक दुर्घटनामा मृत्यु भएको हो । नगरपालिकाको फोहोर बोक्ने मिनि ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको एनआरएनए स्पेनका सल्लाहकार संतोष श्रेष्ठले बताए । कोइराला जर्मन विद्यार्थी भिषामा एक वर्ष अघि आएका थिए । श्रेष्ठका अनुसार स्पेनमा लिगल रूपमा काम गर्ने कागजपत्र नभएको हुँदा रात्री कालमा गाभो अनलाइन होम डेलिभर सर्भिसको समान पुर्याउन जाने क्रममा मृत्यु भएको बताए । श्रोतका अनुसार प्रकाश पाण्डेको स्पेनको काम गर्ने कागजपत्रबाट गाभोमा होमडेलिभरको काम गर्दै आएका थिए । मृतकको शब स्थानीय प्रहरीले पोस्टमार्टमको लागि अस्पतालमा राखिएको छ । नेपाली समुदायले पोस्टमार्टम पछि शब बुझ्ने र नेपाल आफ्न्तलाई पठाउने काम गरिने श्रेष्ठले बताए ।