एजेन्सी
आइतवार, जेठ १२, २०७६
1046

नयाँ दिल्ली-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनताले भारी बहुमतले विजयी गराएर पुनः एक पटक उनको हातमा देशको बागडोर सुम्पेका छन् । उनले ३० मे मा दोस्रो पटक प्रधानमन्त्रीका लागि सपथ लिदैछन् । हालसम्म कुनै पनि छिमेकी मुलुकलाई सपथ ग्रहण समारोहका लागि औपचारिक निम्ता पठाइएको छैन । तर सरकार एक प्रस्तावमाथि बिचार गरिरहेको छ । जसमा छिमेकी मुलुकका नेतालाई प्रधानमन्त्री मोदी सपथग्रहण समारोहमा बोलाउने चर्चा गरिरहेका छन् ।
आधिकारिक सुत्रका अनुसार भारतको छिमेक प्रथम नीतिको महत्वलाई रेखांकित गर्दै मोदी मे ३० मा दोस्रो पटक प्रधानमन्त्रीको पदभार सम्हालेपछि छिमेकी देशलाई आफ्नो प्राथमिकतामा समावेश गर्नेछन् । कुटनीतिक सुत्रका अनुसार सार्क देश समथग्रहण समारोहको विषयलाई लिएर भारतीय अधिकारीसँग सम्पर्कमा रहेका छन् । तर उनीहरु दिल्लीबाट औपचारिक निमन्त्रणा प्राप्त भएपछि मात्रै यसमा समावेश हुने बताइरहेका छन् ।

मोदीले २०१४ मा आफ्नो समथग्रहण समारोहमा सार्कका नेतालाई आमन्त्रित गरेका थिए । जसमा पाकिस्तानक तत्कालिन प्रधानमन्त्री नवाज शरीफ पनि समावेश थिए । यदी सरकारले नेतालाई आमनित्रत गर्छ भने यो निर्णय गर्नका लागि मुश्किल हुनेछ । किनकी पाकिस्तानी प्रधानमन्त्री इमरान खानको नाम यो
सूचीमा समावेश गर्ने वा नगर्ने भन्ने विषयमा अभैm निर्णय भइसकेको छैन । यद्यपि दुवै देशबीच जुन किसिमको तथाव भइरहेको छ इमरान खान पाहुना बनेर भारत जाने सम्भावना कमनै देखिएको छ ।
एक आधिकारिक सुत्रले भनेको छ,“मिडियामा सपथ ग्रहण समारोहका लागि विदेशी गन्ने मान्ने व्यक्तिको आमन्त्रित गर्ने विषयमा अडकलबाजी गर्न थालिएको छ । हामीलाई यस बारेमा कुनै जानकारी छैन । निर्णय भएपछि हामी यो विषयमा जानकारी गराउने छौ ।”
कोलम्बोबाट प्राप्त जानकारी अनुसार श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना समथग्रहणमा आउन सक्ने छन् ।