एजेन्सी
बिहिवार, जेठ ९, २०७६
546

बेइजिङ-एक चिनियाँ महिलाले नयाँ कार किन्नका लागि ६६ वटा ब्यागमा सिक्का लिएर आएपछि बिक्री गर्ने कक्षका कर्मचारीको बोलीनै फुटेन ।
तीन पटकको भारी बोकाइपछि हेबेइ प्रान्तकी महिलाले फक्सवागनको १ लाख ९० हजार युआन, २१ हजार ७०० पाउन्ड अर्थात ३० लाख ५९ हजार रुपैयाँको कारका लागि सिक्काबाटै अर्डर गरेकि थिइन् ।

दर्जनौ कामदारले यो सिक्का गनेका थिए । उनीहरुले गनेको सिक्काको रकम १ लाख ३० हजार युआन अर्थात १५ हजार पाउन्ड पुगेको थियो ।
१७ जना कामदारको टोलीले ३ दिनमा यो सिक्का गनेर सक्काएका थिए । यसमा १ युआन, ५ जियाओ र १ जियाओको सिक्का रहेको स्टोरका मेनेजर जियाओले बताए ।
कर्मचारीहरुले सिक्कलाई ठूलो बाकसमा राखेर बैंकतर्फ ढुवानी गर्नुपूर्व सतर्कतापूर्वक कागजम बेरेका थिए ।
लाखौ सिक्का गन्दा एक कामदारको औलानै कालो भएको थियो । अर्का कामदारले सिक्का गन्दा आफुलाई पीडा भएको गुनासो गरेका थिए ।
ती महिला एक सानो रेष्टुराँकी मालिक हुन् र उनले यी सिक्का उनका ग्राहकबाट पाएको काङझोउ डेलीले जनाएको छ ।
बैंकमा जम्मा गर्न धेरैनै समस्या हुने भएकाले उनले पैसा जोगाएर राख्ने निर्णय गरेकि थिइन् ।
१० वर्षसम्म सिक्का जम्मा गरेपछि उनले नयाँ कारका लागि पुग्ने पैसा जम्मा गरेकि हुन् ।
अन्त्यमा उनले सफलतापूर्वक १ लाख ३१ हजार ४९२ युआन सिक्काको भुक्तानी गरिन् र बाँकि ई–ट्रन्सफरबाट पठाएको रिपोर्टमा उल्लेख गरिएको छ ।