एजेन्सी
बिहिवार, जेठ ९, २०७६
1190

बेइजिङ-हुवावेको चीनमा प्रयोगका लागि यसै वर्ष स्मार्टफोन र ल्यापटपको आफ्नै अपरेटिङ सिस्टमा तयार हुने कम्पनीका उपभोक्ता विभागका प्रमुखले बताए ।
यदी कम्पनीलाई गुगल र माइक्रोसफ्टको सफ्टवेयर प्रयोग गर्नबाट प्रतिबन्ध लगाएको अवस्थामा मात्रै हुवावेले आफ्नै अपरेटिङ सिस्टम तयार गर्ने उनले बताए ।

यो चिनियाँ प्रविधि कम्पनीलाई अमेरिकाले आफ्नो कालोसूचीमा राखेको छ । यो अवस्थामा अमेरिकी कम्पनीले हुवावेलाई आफ्नो प्रविधि बिक्री गर्नुपूर्व अमेरिकी सरकारको अनुमती लिनुपर्ने छ । यसको अर्थ हुवावेले लामो समय सम्म गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमको प्रयोग अनुमती पाउने छैन ।
यद्यपि वासिङटनले हुवावेलाई ९० दिनको छुट दिएको छ । यस अनुसार हुवावेले हालका लागि अमेरिकी प्रविधि लगातार प्रयोग गर्न पाउनेछ ।
हुवावेले विगतमा पनि यदी आपूmलाई गुगल र माइक्रोसफ्टको सफ्टवेयरबाट प्रतिबन्ध लगाएमा आफ्नै अपरेटिङ सिस्टम रहेको बताएको थियो । हाल कम्पनीका एक वरिष्ठ कार्यकारीले अपरेटिङ सिस्टम यसै वर्षको अन्तिम त्रैमासमा उपलव्ध हुने बताएका छन् । चीन बाहिरका बजारका लागि भने यो सफ्टवेयर २०२० को पहिलो र दोस्रो त्रैमासमा उपलव्ध हुने उनले बताए ।
“आज, हुवावे, हामी अभैmपनि माइक्रोसफ्ट विन्डोज र गुगल एन्ड्रोइडप्रति प्रतिबद्ध छौ । तर यदी हामीले प्रयोग गर्न पाएनौ भने हुवावेले आफ्नै ओएसको प्रयोगका लागि प्लान बी तयारी गर्नेछ,” हुवावेका उपभोक्ता व्यवसायका सीईओ रिचार्ड यूले बताए ।
यदी हुवावेलाई एन्ड्रोइड प्रयोग गर्न दिइएन भने यसले नोक्सानी पु¥याउने छ । किनकी यस किसिमका फोनमा गुगल प्ले स्टोर हुने छैन । जसका माध्यमबाट उपभोक्ताले एप्स डाउनलोड गर्न सक्नेछन् । यसको सट्टा प्रयोगकर्ताका लागि आफ्नो मनपर्ने एप्लिकेसन इन्सटल गर्नका लागि अन्य उपायको खोजी गर्नुपर्ने हुन्छ ।
यद्यपि यसको अपरेटिङ सिस्टममा एप ग्यालरीको नामले चिनिएको हुवावेको आफ्नै एप स्टोर उपलव्ध हुने यूले बताए । हाल हुवावेको फोनमा एप ग्यालरी इन्सटल गरिएको छ । तर उपभोक्ताका लागि गुगलको प्ले स्टोरले भने काम गर्नेछैन ।
यदी कम्पनीलाई गुगल तथा माइक्रोसफ्टको उत्पादन प्रयोग गर्नबाट स्थायी रुपमा प्रतिबन्ध लगाइएको अवस्थमामा मात्रै हुवावेको आफ्नै अपरेटिङ सिस्टम ल्याउने विषयमा जोड दिइने हुवावेका कार्यकारीले बताए ।
“हामी यसो गर्न चाहदैनौ । तर, अमेरिकी सरकारका कारण हामी बाध्य हुन सक्छौ । यदी अमेरिकी सरकारले सोही बमोजिम गरेपनि यो हाम्रा लागि खराब हुनेछैन । तर यो अमेरकी कम्पनीहरुका लागि खराब समाचार हुन सक्नेछ । किनकी हामीले अमेरिकी व्यवसायलाई सहयोग गरिरहेका छौ । त्यसैले हामी आफ्नै बनाउनका लागि बाध्य हुने छौ,”यूले बताए । “हामी यसो गर्न चाहदैनौ । तर, हामीमाझ अन्य समाधान छैन र अन्य विकल्प पनि छैन ।”