एजेन्सी
बुधवार, जेठ ८, २०७६
1466

वासिङटन-अमेरिकी लडाकु विमानले अन्तर्राष्ट्रिय हवाई क्षेत्र अलास्काको पश्चिममा आएका ६ रुसी बमवर्षक तथा लडाकु विमानलाई रोकेको छ । यी रुसी विमान क्षेत्रबाट बाहिर नजादाको अवस्थासम्म निगरानी राखिएको थियो । उत्तरी अमेरिकी वायु रक्षा कमान (एनओआरएडी ले यो विषयको जानकारी गराएको हो ।
रुसी विमानमा दुई टीयू–९५ सामरिक बमवर्षक रहेको कमान्डले जनाएको छ । यी विमानलाई सोमबार दुई एफ–२२ को सहयोगमा रोकिएको थियो । यसका अतिरिक्त केही अन्य एफ–२२ लडाकु विमानको सहयोगमा अन्य टीयू–९५ तथा दुई एसयू–३० का समूहलाई पनि रोकिएको थियो ।एनओआरएडीका अनुसार यो पुरै अपरेसनको निगरानी एडब्लूएसीएस विमानले गरेका थिए । रुसी विमान अलास्का एयर डिफेन्स आइटेन्टिफिकेसन जोनमा आउनुपूर्वनै यसलाई रोकिएको थियो । कुनै पनि किसिमको खतराबाट जोगिनका लागि यसो गरिएको अमेरिकी सेनाले जनाएको छ ।एनओआरएडीका कमाण्डर टेरेस ओ सोधनेस्टिले भनेका छन्,“हामी वर्षको ३६५ दिननै सतर्क रहन्छौ । अमेरिकामा ४ एयर डिफेन्स आइडेन्टिफिकेसन जोन रहेका छन् । अलास्का राज्यको क्षेत्र लगभग २०० माइल अर्थात ३२० किलोमिटरमा पैmलिएको छ ।