एजेन्सी
बुधवार, जेठ ८, २०७६
175

भारतमा भटमासको मूल्य ११ वर्षकै न्यून
एजेन्सी

इन्दोर, ७ जेठ
अमेरिका–चीनबीच चलेको व्यापारयुद्धका कारण अन्तर्राष्ट्रिय बजारमा भटमासको मूल्य ओरालो लागेको छ । यसको असर भारतीय बजारमा सोया डिओसीको मूल्यमा पनि परेको छ । मे महिनासम्म बन्दरगाहमा सोया डीओसीको मूल्य ८–९ प्रतिशतले घटेर प्रति टन ३२ हजार ५ सयदेखि ३३ हजार भारुको हाराहारीमा कायम भएको छ ।
चीनले अमेरिकाबाट बर्सेनि करिक ४ अर्ब टन भटमास आयात गर्दै आएको छ, तर व्यापारयुद्धपछि चीनको आयात मागमा कमी आएको र यसले अन्तर्राष्ट्रिय बजारमा भटमासको मूल्य घटेर ११ वर्षकै न्यून कायम भएको छ ।
शिकागो बोर्ड अफ ट्रेड (सिबोट)मा ३० अप्रिलमा जुलाई आपूर्तिको भटमासको मूल्य प्रतिबुसल ८.६४ डलर थियो । १५ दिनपछि यसको मूल्यमा गिरावट आए ७.९५ डलर प्रति बुसल कायम भएको छ । त्यसपछि मूल्यमा केही सुधार आएको थियो ।
भारतको कान्डला बन्दरगाहमा सोया डीओसीको मूल्यमा गिरावट आएर प्रतिटन ३२ हजार ५ सयदेखि ३३ हजार भारु कायम भएको छ । मेको सुरुवातमा यसको मूल्य ३५ हजारदेखि ३५ हजार ५ सय रुपैयाँ प्रतिटन थियो ।
मध्यप्रदेश तथा महाराष्ट्रमा भटमासको मूल्य ३ हजार ७ सयदेखि ३ हजार ८ सय रुपैयाँ प्रतिक्विन्टलमा बिक्री भइरहेको छ ।