एजेन्सी
बुधवार, जेठ ८, २०७६
269

यो वर्षको पहिलो त्रैमासिक अवधिमा भियतनाम भ्रमण गर्ने दक्षिण कोरियाली पर्यटकको संख्यामा २४ प्रतिशतले वृद्धि भई १० लाखको रेखा पार गरेको औद्योगिक तथ्यांकले देखाएको छ ।
जनवरीदेखि मार्चसम्मको अवधिमा यो दक्षिणपूर्वी एसियाली मुलुकमा ११ लाख १० हजार दक्षिण कोरियाली पर्यटकले भ्रमण गरेको कोरिया टुरिजम अर्गनाइजेसन (केटीओ) दृ सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । यो अघिल्लो वर्षको तुलनामा २४.४ प्रतिशतले बढी हो ।

भियतनामा त्रैमासिक अवधिमा दक्षिण कोरियाली पर्यटकको संख्या १० लाखको सीमा पार गरेको यो पहिलो पटक हो ।
हालको गतिलाई आधार मान्ने हो भने यो वर्ष भियतनाममा दक्षिण कोरियाली पर्यटकको संख्या ४० लाख नाघ्ने अनुमान गरिएको छ ।
२०१५ मा पहिलो पटक १० लाख नाघेपछि भियतनाम भ्रमण गर्ने दक्षिण कोरियाली पर्यटकको संख्या २०१७ मा २४ लाख २० हजार र गत वर्ष ३४ लाख ४० हजार पुगेको थियो ।
दक्षिण कोरियाली पर्यटकका लागि भियतनाम लोकप्रिय पर्यटकीय गन्तव्य बन्दै गएको पर्यटन स्रोतले जनाएको छ । यसमा विशेष गरी कम खर्च र विविध विषयवस्तुको प्रमुख योगदान रहेको छ । २०१७ को क्षेप्यास्त्र परीक्षणपछि सोल र बेइजिङबीचको विवादपछि चीनतर्फको दक्षिण कोरियालीको भ्रमण भने घटेको छ ।
केटीओले पहिलो त्रैमासिक अवधिमा चीन गएका दक्षिण कोरियाली पर्यटकको संख्या भने उपलब्ध गराएको छैन । क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली अगाडि चीन दक्षिण कोरियाली पर्यटकका लागि लोकप्रिय गन्तव्य बन्दै आएको थियो ।