धर्मेन्द्र कर्ण
बुधवार, जेठ १, २०७६
98

मानिस एक समाजिक प्रणाली हो । त्यसैले मानिसको टाउकोमा सामाजिक दायित्व हुन्छ । मेसिनको सामाजिक दायित्व कसरी हुन्छ ? उसले मानिस जस्तो सोच्नै सक्दैन । त्यसैले उसको सामाजिक दायित्व नहुन सक्ने तर्क प्रस्तुत गर्नु अस्वाभाविक हुँदैन । तर जब एआई (कृत्रिम बौद्धिककता)को कुरो आउँछ, त्यतिखेर यो विषय सोच्नुपर्ने हुन्छ । एआइका जानकारहरू भन्छन्– “गम्भीर भएर सोच्नुपर्छ ।”
‘अ भेरी ह्युमन फ्युचर–इनरिचिङ ह्युमानिटी इन अ डिजिटाइज्ड वल्र्ड’ नामक पुस्तकका लेखक रोहित तलवारको सोचाइमा एआईलाई समाजको रूपान्तरणका लागि बनाइएको छ । यसका लागि महत्वपूर्ण प्रमुख प्रविधि अधिकारीहरू (सिटिओ) हुन्छन् । उनीहरूले आफ्नो सामाजिक दायित्वको वहन पनि गर्छन् कि नाफा वा नोक्सानका बारेमा मात्र सोचिरहन्छन् ? यो सवाल महत्वपूर्ण छ ।

विज्ञहरूको बुझाइमा एआईले परिवर्तन गर्ने समाजका लागि मानिसहरूलाई सक्षम बनाउने कार्य कि त भइरहेकै छैन । भएको रहेको छ भने त्यो ढिला गरी भइरहेको छ । हाम्रा सरकारहरूले शिक्षामा जोड दिएको पाइन्छ तर कस्तो शिक्षाका बारेमा जोड दिइरहेको छ त्यो महत्वपूर्ण हो ।


यसको सीधा बुझाइ भनेको एआई प्रविधिको विकासमा प्रत्यक्ष वा अप्रत्यक्ष लगानी लगाउनेहरू पनि मानिस नै हुन् । जब लगानीकर्ताले लगानीको प्रतिफल खोज्छ, ठीक त्यही बेला उनीहरूले बस्न लायक एक उत्तम समाजको आवश्यकतालाई पनि ध्यान दिन्छन् ।
तलवार भन्छन्– समाजमा भएका हाम्रा सबै संरचना परिवर्तन हुनेछ । सूचना प्रविधिका क्षेत्रमा काम गर्ने अगुवाहरूसँग एआईको सामाजिक दायित्व के हुने त्यसको जिम्मेवारी हुन सक्छ । किनभने आईटी क्षेत्रका अगुवाहरूले शेयरधनीलाई लगानीको प्रतिफल दिनुपर्छ र सामाजिक दायित्व पूरा गर्नु पर्छ ।
एआईका विभिन्न सामाजिक दायित्व मध्ये एक शिक्षाको कुरा गरौं । निसन्देह यो महत्वपूर्ण दायित्व हो । मानव समाजको १८औं र १९औ शताब्दीमा औद्योगिक क्रान्ति भयो । २०औं शताब्दीको शुरूवातमा उद्योगलाई सहयोग गर्ने खाका विद्यालयहरू खोलिएको हामी पाउँछौं ।
सेठ गोडिनका अनुसार यसको सम्झौता त्यतिखेरका अधिकार प्राप्त नेता र उद्योगका बीचमा यस्तो सम्झौता भयो । बालबालिकालाई काममा लगाउन रोकियो तर पनि उद्योग मुनाफा गयो ।
उद्योगलाई आवश्यकता हुने खालका स्कूलरूको निर्माण गरिए । गोडिन भन्छन्, “हाम्रा बालबालिकाहरूलाई पंक्तिबद्ध गराई र निर्देशन पालना गराइदिने हाम्रा विद्यमानको शिक्षा प्रणाली एक संयोग होइन । यो हाम्रो आर्थिक भविष्यको लगानी हुन्छ ।” तर त्यतिखेरको यो अवस्था अहिले छैन् । विश्व द्रुतगतिमा परिवर्तन भइरहेको छ ।
उद्योग धन्दामा आवश्यक हुने मानिसले प्रविधि जानेका वा भनौं प्रविधिको कार्यक्रम जानेको हुनुपर्छ । यस्तोमा विचार गरौं बालबालिकालाई पंक्तिबद्ध बनाएर उनीहरूलाई चाहिने टेक शिक्षा दिन सक्छौं । बालबालिकाले जाभा सिक्न चाहन्छौं भन्ला ? त्यो कसले सिकाउला ? टेक उद्यमीले यस्ता जनशक्तिलाई काममा लगाउन चाहनेछन् । यो एक अजिङ्गर जस्तो समस्या बनेर आइरहेको छ ।
अर्थात् विश्वभरिका हाम्रो विद्यालयको प्रणाली पुरानो भइसकेको छ । विद्यार्थीलाई कसरी शिक्षा दिने यसबारे गन्थनमन्थन भइरहेको छ । एआईले ल्याइदिएको यो चुनौतीको अर्थ भनेको हाम्रा बालबालिकाहरूलाई कि यस्तो आधुनिक ज्ञान दिनुपर्छ । यो ज्ञान गएको शताब्दीका समस्याहरूको समाधान गर्न बालबालिकालाई सक्षम बनाउँछ । अर्को चरणमा यो विचार गर्नुपर्ने हुन्छ अर्को चरणमा मानिस कहाँ काम गर्न उपयोगी होला ?
कतिपयले एपिस्टेमिक गेमको अवधारणा अगाडि सारेका छन् । यी खेलहरूले बालबालिकाहरूलाई नयाँ ढंगले सोच्न सक्ने क्षमतालाई प्रोत्साहन गर्छ । यसो हेर्दा हामीलाई लाग्न सक्छ कि बालबालिकालाई समस्या समाधान गर्ने सीपको बारेमा पढाउनुपर्छ । उनीहरूलाई भिन्न प्रकारका रणनीतिका बारेमा शिक्षित गछौं । जसले गर्दा उनीहरू कुनै अवस्थामा समस्या समाधान गर्ने सीप प्राप्त गर्न सक्छन् ।
उद्योगमा काम गर्ने हरेक व्यक्तिले उनका छोराछोरीले स्कूलबाट निस्केमा फरक खालको सीपको आवश्यकता हुने बुझ्छन् । अर्थात् जब उनीहरू ८० वर्षका उमेरमा पुग्छन्, त्यतिखेरको अवस्था फरक खालको हुनेछ । तलवारका अनुसार त्यतिखेरको नर्सरीमा भर्ना हुने बालबालिका १२० वर्षको नभएसम्म मर्ने छैनन् । त्यसो भए काम गर्ने उमेर र सेवा निवृत्त हुने उमेर के हुनेछ ? शिक्षा प्रणालीबाट निस्केपछि कति वर्षको उमेरमा काम गर्न मानिसले शुरू गर्छ त्यसबारे यकिन गर्न गाह्रो छ ।
यो विषय गम्भीर छ । स्कूलले सिकाएका नियमहरू विभिन्न प्रणालीका लागि आवश्यक नहुन सक्छन् । स्कूलको जिम्मेवारीबाट टाढा उद्योग धन्दामा एआईको सामाजिक दायित्वबारेमा सोच्दा उद्योग धन्दाहरूले आफूलाई कसरी डिजिटल प्रविधिमा रूपान्तरण गर्न खर्च गरिरहेको छ ? उनीहरूले नयाँ संसार र तिनका समस्या समाधान गर्न सक्ने गरी मानिसलाई सक्षम बनाइरहेको छ र ? उनीहरूलाई रूपान्तरण गर्ने कार्यका लागि आफ्ना मानिसलाई सक्षम बनाइरहेको खबर दुर्लभै सुन्न पाइन्छ ।
उद्योग धन्दाले आफूलाई स्वचालित बनाउने र उत्पादन गर्नेमा ध्यान दिएकोले जोखिम छ । हरेकले यसरी नै सोच्ने गरेका छन् । यसरी एकै किसिमले सोचिरहँदा मानिसहरूका लागि आइपुगेको नयाँ चुनौतीलाई कसले समाधान गर्छ ? नयाँ अवसरको बारेमा कसले सक्षम बनाउँछ ? नयाँ उद्योगका लागि चाहिने श्रमशक्ति कसले उत्पादन गर्ला ? यस्ता विषयमा सोच्नुपर्ने बेला आएको तलवारको कथन छ ।
समस्या स्वचालनमा जानु होइन । समस्या भनेको मानिसहरूलाई त्यस वातावरणमा बाँच्न चाहिने सीपहरूबाट सक्षम बनाउन भइरहेको ढिलाइमा रहेको छ । एआईले बदलेपछि मानिसहरूको प्रयोग श्रमबजारमा कस्तो हुनेछ त्यसमा भरपर्ने विषय महत्वपूर्ण छन् ।
विज्ञहरूको बुझाइमा एआईले परिवर्तन गर्ने समाजका लागि मानिसहरूलाई सक्षम बनाउने कार्य कि त भइरहेकै छैन । भएको रहेको छ भने त्यो ढिला गरी भइरहेको छ । हाम्रा सरकारहरूले शिक्षामा जोड दिएको पाइन्छ तर कस्तो शिक्षाका बारेमा जोड दिइरहेको छ त्यो महत्वपूर्ण हो । औद्योगिक क्रान्तिका बेला स्थापित अवधारणले श्रम बजारमा आवश्यक हुने शिक्षा प्रणालीबाट अलग किसिमको शिक्षाबारे सोचिएकोमा विज्ञहरूले आंशका व्यक्त गर्छन् । एआईको विकास द्रुतगतिमा भइरहेको छ । यसले विश्वलाई परिवर्तन गरिरहेको छ । यस सन्दर्भमा उद्योग धन्दाले समानान्तरीय ढंगले एआईको सामाजिक दायित्व पनि हुन्छ भन्ने बुझाइ राखेर सोच्नु पर्ने आवश्यकता विश्वका विकसित देशहरूमा मात्रै होइन, नेपाल जस्तो विकासशील देशहरूमा अझ बढी टड्कारो रूपमा अगाडि आइरहेको छ । हाम्रो समाज त विकसित सन्दर्भको वातावरणबाट बल्ल परिचित हुन खोजिरहेको छ ।