एजेन्सी
बुधवार, जेठ १, २०७६
118


बेलायती दूरसञ्चार कम्पनी भोडाफोनले वार्षिक नोक्सानी करिब ७ अर्ब ६० करोड युरो पुगेको मंगलबार जनाएको छ ।

वित्तीय वर्ष सन् २०१८–२०१९ मा कम्पनीको नाफामा पनि कमी आएको भोडाफोनले जनाएको छ । खासगरी भोडाफोन इन्डियाको सेयर बिक्री गरेपछि कम्पनीको घाटा बढेको देखिएको छ ।
भोडाफोन इन्डिया पछिल्लो वर्ष आइडिया सेलुलरसँग गाभिएको थियो ।