एजेन्सी
बुधवार, जेठ १, २०७६
159

अन्य मुलुकले हाइपरसोनिक हतियारको हार्डवेयर विकास गर्नुपूर्व नै रूसले यसको प्रतिरक्षा प्रणाली विकास गर्नु आवश्यक भएको रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।
हालसम्म विश्वमा हाइपरसोनिक हतियार पाउने रूस एकमात्र मुलुक भएको पुटिनले सम्झाए । रूसले यसै वर्षको सुरुमा अभाङगार्डको सफल परीक्षण गरेको थियो ।

“तर विश्वका अन्य प्रमुख मुलुकले पनि ढिलो–चाँडो यस किसिमको हतियार विकास गर्न सक्नेप्रति पनि हामीले ध्यान दिनुपर्छ,” पुटिनको भनाइ थियो ।
रूसको सैन्य औद्योगिक कम्प्लेक्समा भएको उच्च तहको बैठकमा उनले हवाई क्षेत्रमा बढ्दो नियन्त्रण प्रमुख कार्य हो र यो देशको हतियार शक्तिका लागि भएको बताए ।