एजेन्सी
बुधवार, जेठ १, २०७६
213

यदी देशको व्यापारयुद्ध थप विस्तार भएमा अमेरिकी अर्थतन्त्र मन्दीमा फस्ने मोर्गान स्ट्यानलीका माइकल विल्सनले बताए ।
बैंकका प्रमुख इक्विटी रणनीतिकार विल्सनले भने, “चिनियाँ सामग्रीमा लगाइने अमेरिकी भन्सार शुल्कले कर्पोरेट आम्दाीमा गिरावट आउनेछ । कम्पनीहरू आफ्नो बटम लाइनमा शुल्क लाग्ने र यसले नकारात्मक अवस्था ल्याउने भएसँगै यस्तो अवस्था आउनेछ ।”

यदि अमेरिकाले बाँकी चिनियाँ सामग्रीमा भन्सार लगाएमा यसको दुःखदायी परिणाम आउने विल्सनले बताए । ट्रम्पले सोमबार ह्वाइट हाउसमा पत्रकारसँग कुराकानी गर्दै आपूmले अतिरिक्त ३ सय २५ अर्ब डलरका चिनियाँ सामग्रीमा भन्सार लगाउने वा नलगाउने भन्ने विषयमा निर्णय गरिनसकेको बताएका थिए ।
“चीनबाट आयात हुने सबै सामग्रीमा २५ प्रतिशतको भन्सार लगाइएको अवस्थामा यसले अमेरिकी अर्थतन्त्रलाई नै मन्दीतर्फ लैजानेछ,” उनको भनाइ थियो ।
चीनले ६० अर्ब डलरको अमेरिकी वस्तुमा भन्सार शुल्क वृद्धि गरेकै दिन विल्सनको यो टिप्पणी आएको हो । चीनले विशेष गरी अमेरिकी उत्पादनहरू बिफ र बदाममा भन्सार शुल्क बढाएको छ ।
एस एन्ड पी–५०० र डाउ जोन्स इन्डस्ट्रियल एभरेजमा जवनरी ३ देखिकै ठूलो गिरावट आएको छ । नास्ड्याकमा पनि २०१९ कै ठूलो एकदिने गिरावट आएको छ ।
गत साता अमेरिकाले २ सय अर्ब डलरका चिनियाँ सामग्रीमा भन्सार १० प्रतिशतबाट बढाएर २५ प्रतिशत पुरयाएपछि चीनको कदम आएको हो ।