एजेन्सी
बुधवार, जेठ १, २०७६
557


एक वरिष्ठ इरानी रिभोलुसनरी गार्डका कमान्डरले पर्सियन खाडीमा अमेरिकी विमान वाहक (एयरक्राफ्ट क्यारियर) गम्भिर चुनौती भएको र यसलाई निशाना बनाउने चेतावनी दिएको इरानी स्टुडेन्ट्स न्युज एजेन्सीले जनाएको छ ।

क्षेत्रमा अमेरिकी सेनामाथि इरानबाट आएको चेतावनीको प्रतिकार गर्न आवश्यक भएको बताउँदै एक अधिकारीले अमेरिकाले मध्यपूर्वमा विमान वाहक र बी–५२ बम्बर पठाएको जनाएका छन् ।
यूएसए अब्राहक लिंकनले गत महिना गल्फमा अर्को क्यारियरलाई प्रतिस्थापन गरेको थियो ।
“कम्तीमा पनि ४० देखि ५० सम्मको लडाकु विमान र ६ हजारको सेना रहेको विमान वाहक हाम्रा लागि गम्भीर चुनौती हो । हाल यसलाई निशाना बनाइएको छ र यो चुनौती अवसरमा बदलिएको छ,” गार्डको एरोस्पेस विभागका प्रमुख हमिराली हाजिजादेहले बताएका छन् ।
“यदि अमेरिकाले कुनै कदम चालेमा हामी उनीहरूको टाउकोमै प्रहार गर्नेछौं,” इस्नाले जनाएको छ ।
तेहरानको परमाणु र क्षेप्यास्त्र कार्यक्रममाथि नियन्त्रण गर्न र सिरिया, इराक, लेबनान र यमनमा फर्जीहरूलाई गर्दैै आएको समर्थन रोक्नका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आर्थिक दबाब बढाएका छन् ।
विदेश मन्त्री माइक पोम्पियोले सम्भावित इरानी आक्रमण रोक्न र उनीहरूलाई आवश्यक भएमा त्यहाँबाट भगाउनका लागि अमेरिकाले यो अमेरिकी परिचालन भएको बताएका छन् ।
इरानी नेभी कमान्डर रियर एडमाइरल हुसने खान्जादीले अमेरिकी बल खाडीबाट फर्कनुपर्ने बताएको इस्नाले जनाएको छ ।