एजेन्सी
सोमवार, बैशाख ३०, २०७६
1598

चिनियाँ आयातमा अमेरिकाले गरेको पछिल्लो शुल्क वृद्धिको बदलाका लागि बेइजिङले विकल्प खोज्न थालेको विज्ञहरुले बताएका छन् ।
अमेरिका–चीनबिचको पछिल्लो चरणको व्यापार वार्ता व्यापार सम्झौताबिना शुक्रबार निश्कर्षमा पुगेको थियो । उक्त छलफल २०० अर्ब डलरका चिनियाँ सामग्रीमा दोब्बर भन्दा बढी भन्सारको दर वृद्धि गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको त्रासको छायामा परेको छ ।

उक्त नयाँ दर कार्यान्वयनमा आए लगत्तै चीनका वाणिज्य मन्त्रायले आपूmले पनि अमेरिकी कदमको बिरुद्धमा प्रतिकारात्मक बदला लिने जनाइसकेको छ । कस्तो खालको बदला लिने भन्ने विषयमा मन्त्रलायले केही पनि बताएको छैन । तर, घटनाप्रति गहिरो खेद व्यक्त गरेको छ ।
विज्ञहरुका अनुसार बेइजिङले अमेरिकालाई हानी पु¥यायनका लागि केही उपाय अवलम्वन गर्न सक्ने छ ।
“चीनले बदला लिने अपेक्षा मैले गरेको छु । उनीहरुले आपूmले सकेजति बराबरीको तहमा बदला लिन सक्छन् । जसमा आयात मात्रै समावे हुनेछैन,” क्लिटन प्रशासनको समयमा उप सहयाक विदेश मन्त्री रहेकी सुसान सिर्कले बताइन् । “मलाई लाग्छ कि चीनमा निर्यात गर्ने हाम्रा किसान र कृषि उपजका निर्यातकर्तालाई चीनले निशाना बनाउन सक्छ । जसलाई ट्रम्पले आफ्नो विशेष महत्व दिँदै आएका छन्,” उनले बताइन् ।
चीनमा सञ्चालनमा आइरहेका अमेरिकी फर्महरुमाथि पनि दबाब दिन सक्ने उनधो धारणा छ । यसमा बैंकको स्वीकृति प्रक्रियामा गरिने ढिलाई र आयातमाथिको निगरानी पनि हुन सक्छ ।
“वास्तवमै जे पनि पक्षपातविहिन खेल हुन सक्छ । यदी चीनले बदला लिएन भने यो आश्चर्यजनक हुन सक्छ,” सिर्कले बताइन् । हाल उनी द युनिभर्सिटी अफ क्यालिफोर्नियाकमा २१ औ सताब्दी चीन केन्द्रकी अध्यक्ष हुन् ।
चीनको अर्को बदलाको कारबाही भनेको मुद्रा अवमूल्यन गर्नु हो । युआनको अवमूल्यन ले अमेरिकी भन्सारको असरबाट जोगिनका लागि चिनियाँ निर्यातलाई राहात दिन सक्छ ।
चीनले बदलाको कारबाहीमा १० खर्ब डलर मूल्यको अमेरिकी ऋणलाई फिर्ता गर्न सक्ने केहीको भनाई छ ।
अमेरिकी ट्रेजरीको सर्वाधिक ठूलो स्वामित्व चीनले लिदै आएको छ ।