एजेन्सी
सोमवार, बैशाख ३०, २०७६
1562

सन्डे टाइम्सको रिच लिस्टका अनुसार हिन्दुजा ब्रदर्स तेस्रो पटक बेलायतकै सर्वाधिक धनी भएका छन् । उनले बेलायती व्वयसायी रेटक्लिफको ठाउमा पहिलो स्थान कब्जा गरेका हुन् । उनका साथै स्टिल उद्योगपती लक्ष्मी मित्तल एन्ड फेमिलि तथा खानी व्यवसायी अनिल अगवाल शीर्ष २० धनीको सूचीमा परेका छन् ।
१९१४ मा मुम्बईबाट सुरु भएको हिन्दुजा ग्रुप आज विश्वभरी पैmलिएको छ । बैंकिङ, तेल, ग्यास, आईटी तथा सम्पत्ति क्षेत्रमा काम गर्ने यो ग्रुप यो भन्दा पहिले २०१४ र २०१७ मा बेलायतको सर्वाधिक धनीको सूचीमा पहिलो स्थानमा रहेको थियो ।

हिन्दुजा ग्रुप ४ भाइले सञ्चालन गर्दैै आएका छन् । यसमा श्रीचन्द (८३), गोपिचन्द (७९ लन्डनको समूहको कारोबार सञ्चालन गर्दैै आएका छन् । अर्का भाई प्रकाश जेनेभा तथा स्वीट्रल्यान्डको व्यवसाय सम्हाल्दै आएका छन्।
उद्योगपत स्वराज पल २ अर्ब डलरको सम्पत्ति सहित ६९ औं स्थानमा छन् । यो सूची रोबर्ट वाट्सनले तयार पारेका हुन् । सेयर बजारमा देखा परेको उथल पुथल तथा वेस्टमिनिस्टरको राजनीतिक गतिरोधका कारण धनी उद्यमीहरुलाई ठूलो नोक्सानी पुगेको उनले बताए ।
अर्बपतिको संख्याको मामिलामा अमेरिका, चीन, रुस र जर्मनीपछिको स्थानमा बेलायत रहदै आएको छ । यो मुलुकमा १५१ अर्बपति रहेका छन् । सन्डे टाइम्सका अनुसार भारतमा ७६ अर्बपति रहेका छन् । अनुमानका अनुसािर लन्डनमा ९५ अर्बपति रहेका छन् ।