एजेन्सी
बिहिवार, बैशाख १२, २०७६
1522

नयाँ दिल्ली-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पे इरानबाट कच्चा तेल आयात गर्ने विषयमा कुनै पनि मुलुकलाई छुट नदिने फैसला गरिसकेका छन् । अमेरिकाको यो फैसलाले सर्वाधिक असर भारत र चीनलाई पर्ने देखिएको छ । यसले भारतको कच्चा तेलको लागत ३ देखि ५ प्रतिशत बढ्ने आकलन गरिएको छ । यसले महँगी बढ्ने र रुपैयाँको मूल्यमा गिरावट आउनेछ । इरानी तेल रोक्नाले भारतमा कस्तो कस्तो असर पर्छ त ?
निर्यात घट्ने

कच्चा तेलको मूल्यमा ३ देखि ५ प्रतिशतसम्मको वृद्धिले भारतको निर्यात कारोबारमा कमी आउनेछ । भारतीय व्यापार प्रबद्र्धन परिषदका अध्यक्ष मोहित सिंगलालाई उद्र्धृत गर्दै समाचार एजेन्सी पीटीआईले भनेको छ,“निर्यात क्षेत्रमा प्रभाव पर्ने निश्चित छ । किनकी सबै किसिमका उत्पादन एवंम सेवामा कच्चा तेललाई एक मध्यवर्ती सामानको जस्तो प्रयोग गरिदै आएको छ ।” उनका अनुसार प्रतिबन्धबाट पाइदै आएको छुट समाप्त गर्नाले कच्चा तेलको मूल्य तत्काल ३ देखि ५ प्रतिशतसम्म बढ्न जान्छ । तेलको मूल्यमा हुने १० प्रतिशतको वृद्धिले व्यापार घाटा ७ अर्ब डलरले बढ्न सक्छ । यसको परिणाम स्वरुप व्यापार घाटा ५.६ प्रतिशतले बढ्छ र जीडीपीमा पनि ०.२ प्रतिशतले कमी आउछ । यसले रुपैयाँमा पनि दबाब बढ्छ र यसको असर महँगो आयातको रुपमा सामग्रीमा पर्न जान्छ ।
महँगी बढ्ने
कच्चा तेलको मूल्य बढ्नाले महँगाई पुनः उकालो लाग्ने छ । चुनावसम्म सरकारले यसलाई जिनतिन रोक्ने र नयाँ सरकार बन्ने बित्तीकै डिजल पेट्रोलको मूल्यमा वृद्धि हुने छ । यसका कारण महँगी पनि बढ्न सक्छ ।
रुपैयाँको अवमूल्यन
चालू खाता घाटा बढ्ने बित्तिकै पहिलेनै कमजोर रहेको रुपैयाँ डलरको तुलनामा थप ओरालो लाग्न सक्छ । आयत बिल बढ्नाले रुपैयाँमा दबाब बढ्नेछ ।
संचितीमा असर
इरानबाट तेल आयात बन्द भएपछि कच्चा तेलको मूल्य महँगो हुने र यसले सरकारको विदेशी मुद्राको संचितीमा पनि असर पर्नेछ । यो असर राजश्व तथा खर्च दुवैमा हुनेछ ।
भारतको तेल आयातमा इरानी हिस्सा १० प्रतिशत
विश्वकै तेस्रो ठूलो तेल उपभोक्ता भारतले आफ्नो कच्चा तेलको आवश्यकताको ८० प्रतिशत र प्राकृतिक ग्यासको आवश्यकताको ४० प्रतिशत आयात गर्दै आएको छ । विगतका केही वर्षहरुमा घरेलू तेल एवं ग्यासको उत्पादनमा लगातार गिरावट आइरहेको छ । तेलको मामिलामा भारत चीनपछि दोस्रो ठूलो आयातकर्ता मुलुक हो । २०१८–१९ मा भारतले इरानबाट २.३५ करोड टन आयत गरेको थियो । जुन कच्चा तेलको कुल आयात २२.०४ करोड टनको करिब १० प्रतिशत हो ।