एजेन्सी
बुधवार, बैशाख ४, २०७६
1546

बेइजिङ-सोशल मिडियामा एक भिडियो व्यापक भाइरल भइरहेको छ । यसलाई धेरै मानिसले हेरेका पनि छन् र मन पनि पराउन थालेका छन् । अल्ट्रासाउन्डको यो भिडियो व्यापक भाइरल भएको छ । यो घटना चीनका हो । उक्त भिडियोमा दई शीशुहरु झगडा गरेर बसिरहेको देखिएको छ । दुवैले एक अर्कालाई मुक्का हानेको देखिएको छ ।
रिपोर्टका अनुसार यो भिडियो गत वर्ष चीनमा सेयर गरिएको थियो । महिला चार महिनाको गर्भवती थिइन् । उनी जुम्ल्याहा बच्चालाई जन्म दिने तरखरमा थिइन् । यो भिडियो जुम्ल्याहा बच्चाको पीता टाओले लिएका थिए ।

पिताले स्थानिय अखबारसँग कुरा गर्दै भने,“जन्मनै नभएका छोरीहरु धेरै समयसम्म एक अर्कालाई मुक्का हान्थे ।” यो भिडियो चीनमा व्यापक भाइरल भएको छ । टाओले भिडियो एप डोयूयीनमा यो भिडियो सेयर गरेका थिए । सक्कली भिडियोको २५ लाख भ्यूज आइसकेको छ । यसमाा ८० हजार भन्दा बढी कमेन्ट आएको छ ।
हाल बच्चाको जन्म भइसकेको छ । एकको नाम चेरी र अर्की बच्चिको नाम स्ट्रबेरी राखिएको छ । सोशल मिडियामा अझैं पनि यो भिडियो भाइरले भइरहेको छ । एक प्रयोगकर्ताले लेखेका छन्,“यिनीहरु भित्र झगडा गरिरहेका छन् । तर बाहिर आएपछि उनीहरु एक अर्कालाई धेरै माया गर्नेछन् ।” पिता टाओले भनेका छन्,“अर्को एक अल्ट्रासाउन्डमा दुवै एक अर्कालाई अंगालो मारिरहेका छन् ।”
टाओले चिनियाँ अखबारसँग कुरा गर्दै भने,“बच्ची धेरै राम्री छ । दुवै एक अर्काको हेरविचार गर्छन् । आमा मेडिकल परिक्षणका लागि जादा दुवै एक अर्काको ख्याल राख्छन् । जब उनीहरु ठूला हुन्छन् सधैभरी एकसाथ रहन्छन् ।”